२९ भदौ २०८३, सोमबार | September 14, 2026

नेपाल आज बंगलादेशसँग भिड्दै



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा नेपाल र बंगलादेशबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल आज हुँदैछ । राजधानीको दशरथ रंगशालामा हुने खेल साँझ ५:३० बजेदेखि सुरु हुने एन्फाले जनाएको छ ।

मैत्रीपूर्ण फुटबल दुई खेल हुनेछ र विजेता टिमलाई ट्रफी तथा पदक प्रदान गरिनेछ । दुवै टोलीले तयारी पूरा गरेको भन्दै जितका साथ ट्रफी आफ्नो पक्षमा पार्ने दाबी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले घरेलु मैदानमा खेल्न पाउनु उत्साहजनक रहेको भन्दै जितप्रति विश्वास व्यक्त गरे । उनले टिम उत्कृष्ट तयारी अवस्थामा रहेको र घरेलु दर्शकसमक्ष राम्रो प्रदर्शन गर्ने प्रतिबद्धता जनाए ।

त्यस्तै, मुख्य प्रशिक्षक म्याट रसले पनि नेपाली टोली जितको लक्ष्यसहित मैदानमा उत्रिने बताए । उनले घरेलु मैदानमा हुने प्रतिस्पर्धा निकै रोचक र प्रतिस्पर्धात्मक हुने विश्वास व्यक्त गरे ।

बंगलादेशका कप्तान र प्रशिक्षकले समेत आफूहरू बलियो प्रतिद्वन्द्वीका रूपमा उपस्थित हुने बताएका छन् । उनीहरूले खेललाई चुनौतीपूर्ण र प्रतिस्पर्धात्मक बनाउन प्रतिबद्ध रहेको उल्लेख गरेका छन् ।

एन्फाका अनुसार खेल हेर्न चाहने दर्शकका लागि भीआईपीतर्फको टिकट मूल्य एक हजार रुपैयाँ र सामान्य पारापिटतर्फको टिकट मूल्य ५०० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ७ : ५३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ