७ श्रावण २०८३, बिहिबार | July 23, 2026

जापानमा रोजगारी र अध्ययनका लागि बुटवलमा एसएसडब्लु तालिम केन्द्र सञ्चालन



बुटवल । जापानमा रोजगारी तथा अध्ययन गर्न इच्छुक युवाका लागि बुटवल-९, राजमार्ग चौराहामा एसएसडब्लु बुटवल तालिम केन्द्र प्रा. लि. औपचारिक रूपमा सञ्चालनमा आएको छ ।

शुक्रबार आयोजित विशेष कार्यक्रममा उद्घाटन गरिएको यस तालिम केन्द्र बुटवलका चार जना युवा व्यवसायी राजेन्द्र श्रेष्ठ, गोविन्द बस्नेत, बासुदेव न्यौपाने र ओमप्रकाश श्रेष्ठको संयुक्त लगानीमा स्थापना गरिएको हो ।

यस केन्द्रमार्फत जापानी भाषा तालिम एन-५ देखि एन-३ स्तरसम्मका कक्षासहित जेएफटी र जेएलपीटी परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ ।

उद्घाटन समारोहमा प्रमुख अतिथि शैक्षिक परामर्श संघका संस्थापक अध्यक्ष तथा केन्द्रीय सदस्य देव कुन्वरले विदेशी रोजगारीमा जानुअघि भाषामा दक्ष हुनु अपरिहार्य हुने बताए । उनले भने, “भाषा बिना विदेशमा पुग्दा ठूलो समस्या हुन्छ । त्यसैले बुटवलमा सञ्चालनमा आएको यो एसएसडब्लु तालिम केन्द्र युवाका लागि उपयोगी र समयानुकूल हुनेछ ।”

त्यस्तै, इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेले नेपाल सरकार शिक्षा मन्त्रालयले तोकेको भन्दा बढी शुल्क नलिने प्रतिबद्धता व्यक्त गरे । उनले विद्यार्थी र अभिभावकलाई कानुनी वा आर्थिक मर्कामा नपार्ने स्पष्ट संकेत गरे ।

संचालक गोविन्द बस्नेतले जापानमा काम गर्न भाषा मात्र नभई संस्कृतिको ज्ञान पनि अत्यावश्यक हुने बताए । उनका अनुसार, “जापानी कम्पनीमा काम गर्न भाषा र कार्यसंस्कृति दुवै बुझ्नैपर्छ । यही कारण यस तालिम केन्द्रले युवालाई थप प्रतिस्पर्धी बनाउन योगदान पुर्‍याउनेछ ।”

लुम्बिनी प्रदेशमै पहिलोपटक सुरु गरिएको यस तालिम केन्द्रले जापान रोजगारीमा जान चाहने युवालाई भाषा र सीपमा दक्ष बनाई एसएसडब्लु भिसाका लागि तयार पार्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ८ : १९ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका