२४ मंसिर २०८२, बुधबार | December 10, 2025

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने : सभापति देउवा



विराटनगर । नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधानले नरोक्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले संबिधानले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा आउन पाइन्छ पनि नभनेको र पाइन्न पनि नभनेको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको राजनीतिमा फर्किएको घोषणा गरेपनि एमालेबाट अवरोध भएका बेला देउवाबाट यस्तो धारणा आएको हो । पूर्वराष्ट्रपतिले पाउने सुबिधा त्यागेको घोषाण गर्दै एमाले राजनीतिमा फर्कने घोषणा गरेपनि एमालेले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन भने नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय भईसकेका छन् ।

‘वास्तवमा मलाई थाहा छैन धेरै कुराहरु, संविधानमा पाइन्छ भन्या पनि छैन, पाइन्न भनेको पनि छैन ।’ पत्रकारको प्रश्नको उत्तर दिँदै देउवाले भने ।

उनले मन्त्रीलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने विषयमा कुरा नभएको बताए । ‘वर्तमान सरकारबाट मन्त्री फिर्ता हुँदैनन् ।’ उनले भने ।

सभापति देउवाले संविधान संशोधनका लागि दुई तिहाई आवश्यक रहेकाले दुई तिहाइ जुटेपछि संविधान संशोधनको प्रक्रिया सुरु हुने बताए । त्यसका लागि दलहरुसँग छलफल भइरहेको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  १२ : ३२ बजे

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर

एनपीएल एलिमिनेटरमा काठमाडौं पराजित, लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ अन्तर्गत बुधबार सम्पन्न

एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय