१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

कल्याणकारी सहकारी बुटवलको रजत जयन्ती सम्पन्न, उत्पादनशील क्षेत्रमा लगानी गर्ने निर्णय



बुटवल । बुटवल-८ सुख्खानगरस्थित कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो २५औं वार्षिक साधारण सभा तथा रजत जयन्ती भव्य रूपमा सम्पन्न गरेको छ । सहकारीको साधारण सभाले आगामी दिनमा उत्पादनशील क्षेत्रमा लगानी गर्दै सदस्यलाई उद्यमशील बनाउनका लागि महत्वपूर्ण प्रस्तावहरू पारित गरेको छ ।

शनिबार सम्पन्न सभामा सहकारीले तेल मिल, कुटानी-पिसानी मिल सञ्चालन गर्न आवश्यक सेड तथा भौतिक पूर्वाधार निर्माण गर्ने र सहकारीलाई उत्पादन क्षेत्रमा क्रियाशील बनाउने निर्णय गरेको अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले जानकारी दिए । साथै, सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने र धितो लगानीको अधिकतम सीमा २५ लाख कायम गर्ने निर्णय पनि गरिएको छ ।

यसअघि कार्यक्रम उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघ लेखा सुपरीवेक्षण समितिका संयोजक भीमप्रसाद तुलाचनले सहकारी ऐन सहकारीमैत्री नभएको टिप्पणी गरे । उनले सरकारपिच्छे ऐनमा परिवर्तन गर्ने प्रवृत्ति र सोनियममा सञ्चालन भइरहेका सहकारीलाई नियन्त्रण गर्ने कानुन ल्याउँदा समस्या बढेको बताए । तुलाचनले बदलिदो परिवेशअनुसार नीति बनिनुपर्ने उल्लेख गर्दै तीन तहका सरकारबीच सहकारी नीतिमा एकरूपता नहुँदा अन्यौल बढेको धारणा राखे ।

कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष बसन्त ढकाल, महासचिव दामोदर पंगेनी, इन्द्रेणी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद अर्याललगायतले पछिल्लो समय विभागले ल्याएका निर्देशन सहकारीमैत्री नभएको भन्दै सहकारीलाई सहज वातावरण दिन सरकारसँग आग्रह गरे ।

संस्थाका सचिव कृष्णप्रसाद ज्ञवालीको सञ्चालनमा भएको सभामा संस्थापक, पूर्वअध्यक्ष, कर्मचारी तथा जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । त्यस्तै, ७० वर्ष पूरा गरेका पाँच जना शेयर सदस्यलाई जनही ६ हजारका दरले पेन्सन सम्मान प्रदान गरिएको थियो ।

कल्याणकारी सहकारीमा हाल १ हजार ३ सय ९ जना शेयर सदस्य छन् । सहकारीको निक्षेप संकलन २४ करोड ९४ लाख, कर्जा लगानी २४ करोड १५ लाख १४ हजार र कुल सम्पत्ति ३१ करोड ७७ लाख २८ हजार रहेको कोषाध्यक्ष टंककुमार खड्काले जानकारी दिए ।

प्रकाशित मिति : २१ भदौ २०८२, शनिबार  ४ : ५७ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू