२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रास्वपाले माग्यो मध्यावधि निर्वाचन



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले प्रधानमन्त्रीले राजिनामा दिएर मध्यावधि निर्वाचनको घोषणा गर्न माग गरेको छ । रास्वपाले आज साँझ एक प्रेस विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा र मध्यावधि निर्वाचनको माग गरेको हो ।

जेनजी पुस्ताका युवाहरूले सोमबार गरेको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि रास्वपाले एमाले कांग्रेस सरकारको बर्खास्ती र ताजा जनादेश मध्यावधि निर्वाचनको माग गरेको हो ।

देशमा व्याप्त भ्रष्टाचार, कानुनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ, रास्वपाले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।

विज्ञप्तिमा निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको घोर निन्दा गरिएको छ । ुआफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ ।ु रास्वपाले विज्ञप्तिमा भनेको छ ।

रास्वपाले वर्तमान सरकारको औचित्य पूर्णतः समाप्त भइसकेको परिप्रेक्षमा प्रधानमन्त्रीको तत्काल राजीनामा समेत माग गरेको छ । घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी गृहमन्त्री लगायत सबै दोषीमाथि कडा कारबाही गर्न माग समेत रास्वपाले गरेको छ ।

रास्वपाले नेपाली कांग्रेस र नेकपा एमालेको वर्चस्व रहेको वर्तमान सङ्घीय संसद्ले कुनै पनि राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको भन्दै ताजा जनादेशको माग गरेको हो ।

सरकारबाट हत्या गरिएका जेनजी योद्धाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते भएका सबैको निःशुल्क उपचारको व्यवस्था गर्न माग समेत गरेको छ ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ७ : १६ बजे

दुई तिहाइ सरकार वा महाभियोगको डरबाट मुक्त भएर अघि बढ्न न्यायकर्मीहरूलाई कामु प्रधानन्यायाधीसको आह्वान

काठमाडौँ । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले दुई तिहाइ

बजार सुशासनका लागि सोमबारदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’

काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी

वनको दाउरा कसले लिने भन्ने विषयमा विवादपछि एक जनाको ज्यान गयो

घोराही । जिल्लाका राजपुर गाउँपालिका–४ मोतीपुरस्थित एक सामुदायिक वनमा दाउरा

रसुवा भन्सारमा सामान जाँचपास सुरु

रसुवा । अधिकतम खुद्रा मूल्य (एमआरपी) स्टिकर नलागेका कारण रोकिएको

अनलाइन प्रणालीसँगै भारतीय सवारी निगरानी कडाइ

भैरहवा । नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन माथिको निगरानी थप