२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

बुटवलका सम्पूर्ण विद्यालय भोलि एक दिनका लागि बन्द गर्न उपमहानगरको आग्रह



बुटवल । विशेष परिस्थितिका कारण बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु भोलि एकदिन बन्द गर्न बुटवल उपमहानगरपालिकाले आग्रह गरेको छ ।

उपमहानगरपालिकाले सोमबार साझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा मंगलबार एक दिनका लागि बिदा दिने व्यवस्था मिलाउन विद्यालय व्यवस्थापनलाई आग्रह गरिएको जनाइएको छ ।

नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, हाल देखिएको विशेष अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । मुलुकमा देखिएको विशेष अवस्था र आफ्ना बालकालिकाको सुरक्षाका लागि विद्यालय बन्द गर्न आह्वान गरिएको नगर प्रमुख पाण्डेयले बताए ।

आजै बुटवलसहित विभिन्न सहरमा भएको जेनजी आन्दोलनको प्रदर्शन र त्यहाँ देखिएको तनावपूर्ण स्थितिलाई ध्यानमा राख्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको उनले बताए ।

प्रकाशित मिति : २३ भदौ २०८२, सोमबार  ९ : ३६ बजे

इरानी स्कुलमा भएको मिसाइल आक्रमण पीडितलाई चीनले २ लाख डलर सहयोग दिने

बेइजिङ । चीनले पश्चिमएशिया युद्धको सुरुआतमा इरानको एक विद्यालयमा भएको

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज