१७ चैत्र २०८२, मंगलबार | March 31, 2026

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो



काठमाडौं । सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने प्रस्तावमा असहमति जनाउँदै, विदेशी कम्पनीहरूले नेपाललाई हेपेको भन्दै यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताएका थिए । तर, कांग्रेसका केही मन्त्रीहरूले प्रधानमन्त्रीसँग असहमति जनाउँदै नागरिकको सूचना-अधिकार र स्वतन्त्र अभिव्यक्ति रोक्न नहुने तर्क गरेका थिए ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले, “सामाजिक सञ्जाल सुरु भइसकेको छ” भनेर प्रतिबन्ध औपचारिक रूपमा हटाइएको घोषणा गरेका थिए। उनले विदेशी कम्पनीहरूलाई दर्ता गर्न आग्रह गर्दा “तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं” भन्ने जवाफ आएको दाबीसमेत गरेका थिए ।

यसैबीच, आज दिनभर काठमाडौंसहित देशभर जेनजी आन्दोलनले सडक तताएको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको आन्दोलनकै चर्को दबाबपछि सरकारले रातारात सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने निर्णय गरेको बुझिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ५० बजे

छवि रिजाललाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय

काठमाडौं । समान प्रकतिको मुद्दामा एमाले अध्यक्ष केपी शर्मा ओली

दरबन्दीको अस्पताल नगई पायकपर्ने अस्पताल बस्दै आएका १४ जना चिकित्सकको काज फिर्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ जना चिकित्सकको काज

नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज फेस्टिभल सञ्चालन हुँदै

नेपालगन्ज । नेपालगन्जमा पहिलो पटक ‘नेपालगन्ज स्ट्रीट फुड एण्ड बेभरेज

किमाथाङ्का अरुण जलविद्युत् आयोजनाबाट प्रभावितलाई १८ करोड मुआब्जा वितरण

सङ्खुवासभा । किमाथाङ्का अरुण जलविद्युत् आयोजनाका प्रभावितलाई रु १८ करोड

रुकुम पूर्वमा रहेको सुनदहलाई ‘विशेष गन्तव्य’ बनाउन जोड

काठमाडौं । पुथा उत्तरगंगा गाउँपालिकामा रहेको प्रसिद्ध पर्यटकीय स्थल सुनदहको