१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

सरकारले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटायो



काठमाडौं । सरकारले फेसबुक, ट्विटरलगायत सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाएको छ । सोमबार राति बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने प्रस्तावमा असहमति जनाउँदै, विदेशी कम्पनीहरूले नेपाललाई हेपेको भन्दै यसलाई राष्ट्रिय स्वाभिमानसँग जोड्नुपर्ने बताएका थिए । तर, कांग्रेसका केही मन्त्रीहरूले प्रधानमन्त्रीसँग असहमति जनाउँदै नागरिकको सूचना-अधिकार र स्वतन्त्र अभिव्यक्ति रोक्न नहुने तर्क गरेका थिए ।

बैठकपछि सरकारका प्रवक्ता एवं सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले, “सामाजिक सञ्जाल सुरु भइसकेको छ” भनेर प्रतिबन्ध औपचारिक रूपमा हटाइएको घोषणा गरेका थिए। उनले विदेशी कम्पनीहरूलाई दर्ता गर्न आग्रह गर्दा “तेरो देशमा भ्रष्टाचार छ, त्यसैले सूचीकरण हुँदैनौं” भन्ने जवाफ आएको दाबीसमेत गरेका थिए ।

यसैबीच, आज दिनभर काठमाडौंसहित देशभर जेनजी आन्दोलनले सडक तताएको छ । सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाविरुद्ध सुरु भएको आन्दोलनकै चर्को दबाबपछि सरकारले रातारात सामाजिक सञ्जाल प्रतिबन्ध हटाउने निर्णय गरेको बुझिएको छ ।

प्रकाशित मिति : २४ भदौ २०८२, मंगलबार  ७ : ५० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा