बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु आज एकदिन बन्द हुने भएको छ ।
उपमहानगरपालिकाले सोमबार साँझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा आज मंगलबार एक दिनका लागि बिदा दिने व्यवस्था मिलाउन विद्यालय व्यवस्थापनलाई आग्रह गरेको हो ।
नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, हाल देखिएको विशेष अवस्थालाई मध्यनजर गर्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो । मुलुकमा देखिएको विशेष अवस्था र आफ्ना बालकालिकाको सुरक्षाका लागि विद्यालय बन्द गर्न आह्वान गरिएको नगर प्रमुख पाण्डेयले बताए ।


















प्रतिक्रिया