२६ बैशाख २०८३, शनिबार | May 9, 2026

रुपन्देहीमा बिहान दुई घण्टा कर्फ्यु खुला, पुनः बेलुका ७ बजेसम्म कडाइ



बुटवल । रुपन्देहीमा जारी कर्फ्यु बिहीबार बिहान दुई घण्टाका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले सूचना जारी गर्दै बिहान ७ बजेदेखि ९ बजेसम्म कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।

तर, बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यु पुनः लागू हुने सूचनामा उल्लेख गरिएको छ । सम्भावित प्रदर्शन, जुलुस र झडपलाई रोकथाम गर्ने उद्देश्यले स्थानीय प्रशासनले यस अवधिमा कर्फ्यु आदेश निरन्तरता दिएको हो ।

जिल्ला सुरक्षा समितिको निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम जारी गरिएको आदेशअनुसार, कर्फ्यु अवधिभर कुनै पनि प्रकारको आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा वा बैठक गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।

आदेशको उल्लङ्घन गर्ने जोकोहीमाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ ।

शान्ति सुरक्षा कायम राख्न सुरक्षाकर्मीको बाक्लो उपस्थिति बढाइएको छ भने प्रशासनले आम नागरिकलाई कर्फ्युको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०८२, बिहिबार  ७ : ५२ बजे

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौँ । सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ

सीताको अग्निपरीक्षा

के तपाईंले कहिल्यै सोच्नुभएको छ, एउटी स्त्रीलाई न्याय चाहिन्छ कि

आईएमई र सामसुङ नेपालले गरे वैदेशिक रोजगारीमा रहेका नेपाली परिवारहरूलाई सशक्त बनाउने घोषणा

काठमाडौँ । नेपालको नेतृत्वदायी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमईले विदेशमा

निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न

मुस्ताङ । यहाँस्थित नेपाली सेनाको इन्द्रबक्स गणले निलगिरि हिमालजस्तो उचाइमा

‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले