२१ मंसिर २०८२, आइतबार | December 7, 2025

नवलपुरमा स्थिति सामान्य बन्दै कर्फ्यु हटाइयो, निषेधाज्ञा भने जारी



नवलपुर । नवलपुरमा जारी कर्फ्यु आदेश हटाइएको छ । प्रमुख जिल्ला अधिकारी भवेश्वर पाण्डेले आज सूचना जारी गर्दै आज बिहान ७ बजेबाट लागू हुने गरी कर्फ्यु आदेश हटाइएको जानकारी दिएका हुन्।

जिल्लाका विभिन्न स्थानमा उत्पन्न हुन सक्ने असहज अवस्था र शान्ति सुरक्षालाई दृष्टिगत गर्दै २०८२ भदौ २५ गतेदेखि लागू गरिएको कर्फ्यु हटाइए पनि निशेधाज्ञा भने यथावत् राखिएको प्रशासनले स्पष्ट पारेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (क) बमोजिम जारी गरिएको निशेधाज्ञा अनुसार पाँच जना भन्दा बढी व्यक्तिले भेला हुने, जमघट गर्ने, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता गतिविधि गर्न निषेध गरिएको छ।

जिल्ला प्रशासनले कर्फ्यु हटेपछि सामान्य अवस्था बन्दै गएको बताए पनि, अवाञ्छित गतिविधि रोक्न निशेधाज्ञा निरन्तर रहने जनाएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत प्रशासनले दिएको छ।

प्रकाशित मिति : २७ भदौ २०८२, शुक्रबार  ८ : ५७ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न