काठमाडौं । देशभर चलेको जेन जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु भएको नेपाल प्रहरीले पुष्टि गरेको छ।
प्रहरी सहप्रवक्ता रमेश थापाका अनुसार मृत्यु हुनेमध्ये ३ जना प्रहरी, १ भारतीय नागरिक र बाँकी नेपाली नागरिक रहेका छन्।
मृतकमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ। त्यहाँका शवको पोस्टमार्टम शुक्रबारदेखि सुरु भएको प्रहरीले जनाएको छ।
त्यस बाहेक काठमाडौं उपत्यकाका अन्य अस्पतालहरूमा पनि शव राखिएको हुन सक्ने अनुमान गरिएको छ।


















प्रतिक्रिया