१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

‘पहिलो महिला प्रधानमन्त्री राष्ट्रको गौरव’



काठमाडौं । विघटित प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना मगरले नेपालको लोकतान्त्रिक इतिहासमा पहिलो महिला प्रधानमन्त्रीको रूपमा देशको नेतृत्व ग्रहण गरेकोमा नवनियुक्त प्रधानमन्त्री सुशिला कार्कीलाई बधाई तथा शुभकामना दिएकी छिन ।

पूर्वप्रधानन्यायाधीश कार्की प्रधानमन्त्री पदमा नियुक्त भएलगत्तै रानाले शुभकामना दिदै यो उपलब्धि सम्पूर्ण नेपाली महिला मात्र होइन, सम्पूर्ण राष्ट्रकै गौरवको विषय बनेको बताएकी छिन । नेपालको राजनीतिक, सामाजिक र कानुनी क्षेत्रमा महिलाको अधिकार, समानता र सशक्तिकरणका लागि लामो समयसम्म गरेको कार्कीको संघर्ष, इमानदारिता र निष्पक्ष योगदानको उनले प्रशंसा गरेकी छिन ।

बधाई सन्देशमा भनिएको छ “महिलाको क्षमता र नेतृत्वप्रति विश्वास जगाउँदै नेपालको लोकतान्त्रिक अभ्यासलाई अझ सुदृढ बनाउन तपाईँको कार्यकाल ऐतिहासिक सावित हुने विश्वास लिएको छु । संविधानले सुनिश्चित गरेका महिला अधिकार, समावेशीता, न्याय र सुशासनका सवालमा तपाईँको नेतृत्वले मुलुकलाई नयाँ ऊर्जा दिनेछ भन्ने अपेक्षा गर्दछु ।” उनले कलिला बालबालिकाको बलिदानबाट आफूहरु हामी मर्माहत भएको उल्लेख गर्दै त्यही बलिदानको जगमा अर्को इतिहाँस कोर्दै आमालाई पहिलो महिला प्रधानमन्त्री बनाएको विज्ञप्तिमा बताएकी छिन । पूर्व उपसभामुख रानाले हजारौं आमाहरु रोएपनि महिलाको एउटा इतिहाँस कोरिएकामा खुसी व्यक्त गरेकी छिन ।

प्रकाशित मिति : २८ भदौ २०८२, शनिबार  ८ : ०४ बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका