१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात



काठमाडौं । नेपाल सरकारले राजस्व संकलन प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी गर्ने सुविधा सुरु गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अब अन्तर्राष्ट्रिय कार्ड प्रणाली (International Card Network) अन्तर्गत भुक्तानी गर्ने व्यवस्था उपलब्ध भएको जानकारी दिएको हो ।

विज्ञप्ति अनुसार यस प्रणालीमार्फत करदाता वा सेवाग्राहीले घरमै वा कार्यालयमै बसेर Master Card, Visa Card, Alipay जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी राजस्व तिर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई paperless, faceless र cashless बनाउँदै झन् सहज, सुरक्षित र पारदर्शी बनाउनेछ ।

महालेखा नियन्त्रक कार्यालयले यस सेवाबाट सेवाग्राहीले विदेशमै रहेर समेत सहजै नेपाल सरकारको राजस्व तिर्न सक्ने व्यवस्था मिलेको बताएको छ । यसले डिजिटल अर्थतन्त्र (Digital Economy) को विकासमा टेवा पुग्ने र सरकारको राजस्व संकलन प्रक्रिया अझ आधुनिक बन्ने अपेक्षा गरिएको छ ।

कार्यालयले सबै सेवाग्राहीलाई यो प्रणाली प्रयोग गरी सहजै राजस्व भुक्तानी गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ४५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा