२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानीको सुरुवात



काठमाडौं । नेपाल सरकारले राजस्व संकलन प्रणालीलाई अझ आधुनिक र प्रभावकारी बनाउन अन्तर्राष्ट्रिय कार्ड नेटवर्कमार्फत राजस्व भुक्तानी गर्ने सुविधा सुरु गरेको छ ।

महालेखा नियन्त्रक कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै सार्वजनिक राजस्व व्यवस्थापन सूचना प्रणाली (RMIS) मा अब अन्तर्राष्ट्रिय कार्ड प्रणाली (International Card Network) अन्तर्गत भुक्तानी गर्ने व्यवस्था उपलब्ध भएको जानकारी दिएको हो ।

विज्ञप्ति अनुसार यस प्रणालीमार्फत करदाता वा सेवाग्राहीले घरमै वा कार्यालयमै बसेर Master Card, Visa Card, Alipay जस्ता अन्तर्राष्ट्रिय कार्ड प्रयोग गरी राजस्व तिर्न सक्नेछन् । यसले भुक्तानी प्रक्रियालाई paperless, faceless र cashless बनाउँदै झन् सहज, सुरक्षित र पारदर्शी बनाउनेछ ।

महालेखा नियन्त्रक कार्यालयले यस सेवाबाट सेवाग्राहीले विदेशमै रहेर समेत सहजै नेपाल सरकारको राजस्व तिर्न सक्ने व्यवस्था मिलेको बताएको छ । यसले डिजिटल अर्थतन्त्र (Digital Economy) को विकासमा टेवा पुग्ने र सरकारको राजस्व संकलन प्रक्रिया अझ आधुनिक बन्ने अपेक्षा गरिएको छ ।

कार्यालयले सबै सेवाग्राहीलाई यो प्रणाली प्रयोग गरी सहजै राजस्व भुक्तानी गर्न आह्वान गरेको छ ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहिबार  ४ : ४५ बजे

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको

सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप

काठमाडौं । सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने म्याद असार

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारामाथि शंकर पोखरेलको प्रहार

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले गृहमन्त्रीमा सुधन गुरुङको

विश्वकपअघि अमेरिकी भिसा नीति विवादमा, केही विदेशी अधिकारीलाई प्रवेश निषेध

वासिङ्टन । आगामी विश्वकप फुटबल प्रतियोगिताको तयारी भइरहेका बेला संयुक्त

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं । आज बिहान ११ः०० बजेका लागि तय भएको प्रतिनिधिसभाको