काठमाडौँ । जेनजीका अगुवाहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली, निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल पक्राउ गर्न माग राखेका छन् ।
शुक्रबार संवाद डबलीमा जेनजीले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन दबाउन राज्यको दुरुपयोग गरेको भन्दै ओली र लेखकसहित काठमाडौँका प्रमुख जिल्ला अधिकारी छवि रिजाललाई पनि पक्राउ गर्न माग गरेका छन् ।
पत्रकार सम्मेलनमा बोल्दै जेनजी आन्दोलनका घाइते हरि अधिकारीले आफूहरूले समाजमा व्याप्त कुशासनविरुद्ध आन्दोलन गरेको बताए । उनले आफ्ना माग पूरा नभए आन्दोलन जारी रहेन समेत बताए ।
जेनजी सहिद परिवार नर्गिस थापाले आफ्ना परिवारको बगेको रगतको अपमान नहुने गरी सरकार अगाडि बढ्न माग गरे । उनले प्रदर्शनमा दमन गर्नेहरुलाई पक्राउ गरेर अनुसन्धान गर्न सरकारलाई आग्रह गरे ।
कार्यक्रममा जेनजी अगुवाहरु निपेस ढाका अधिकारी, डा. सुन्दर थापा, वैज्ञानिक कपिल पौडेललगायत वक्ताहरूले शासकीय स्वरूप प्रत्यक्ष निर्वाचित कार्यकारी भएमात्र देश विकासको बाटोमा हिँड्ने बताएका थिए । उनीहरूले शिक्षा स्वास्थ्य निःशुल्क हुनुको साथै देशमै रोजगारीको सिर्जना गर्नुपर्ने बताए ।


















प्रतिक्रिया