१६ चैत्र २०८२, सोमबार | March 30, 2026

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार



भोजपुर । भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार भएसँगै स्थानीयवासीको दैनिकीमा परिवर्तन आएको छ । यहाँका भौगोलिक रूपमा दुर्गम क्षेत्रमा पर्ने गाउँबस्तीमा पनि केन्द्रीय विद्युत् विस्तार भएपछि स्थानीयलाई सहजता भएको हो ।

स्थानीय बासिन्दाले विद्युतको प्रयोग गरेर जीवनयापनलाई सहज बनाएका छन् । गाउँपालिकाको दुर्गम स्थानका रूपमा चिनिएको वडा नम्बर ४ नागीको लुङ्गिन बस्तीमा पनि विद्युत विस्तार भएपछि सहज भएको छ । जङ्गलको बीचमा रहेको यो बस्तीमा ठूलो लगानीमा विद्युत् सेवा विस्तार गरिएको छ ।

विद्युत विस्तारले गाउँघरको जनजीवनमा सहजता ल्याएको टेम्केमैयुङ-४ लुङ्गिनका स्थानीयवासी रामबहादुर राईले बताए । ‘स्थानीय सरकार सञ्चालनमा आएपछि हाम्रो गाउँमा बिजुली बल्यो’, उनले भने, ‘भौगोलिक रूपमा विकट रहे पनि सुविधा विस्तार हुँदा जीवनयापन गर्न सहज छ । अहिले अँध्यारोमा बस्नुपर्ने बाध्यता अन्त्य भएको छ ।’

विद्युत विस्तार भएपछि यस क्षेत्रका नागरिक सूचना तथा सञ्चारको पहुँचमा जोडिएका स्थानीयवासी बलिराज राईले बताए । विद्युतीय उपकरणको प्रयोग गरेर जीवनयापनलाई समेत सहज बनाएको राईको भनाइ छ । ‘हाम्रोजस्तो दुर्गम गाउँमा बिजुली बल्दा निकै हर्षित छौँ’, उनले भने, ‘अहिले गाउँमा नै इन्टरनेट चलाउन, टेलिभिजन हेर्न पाएका छौँ । सूचनाको पहुँचमा जोडिन सहज भएको छ । गाउँ नै उज्यालो बनेको छ । बालबच्चाले उज्यालोमा सहज रूपमा पढ्न पाएका छन् ।’

यहाँबाट गाउँपालिका केन्द्र अन्नपूर्ण तथा अन्य गाउँमा जानका लागि जङ्गलको बाटो भएर तीनदेखि चार घण्टासम्मको यात्रा गर्नुपर्ने उनको भनाइ छ । एक सय ७३ दशमलव ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो गाउँपालिकाका सबै जना विद्युतको पहुँचमा छन् । यहाँका नौवटै वडामा विद्युत सेवा विस्तार भइसकेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ७ : ५० बजे

मङ्गलबार हावाहुरीसहित भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न भागमा मङ्गलबार मेघगर्जन, चट्याङ र हावाहुरीसहित

प्रि-मनसुन : चैते धानलाई अनुकूल

काठमाडौं । देशका अधिकांश स्थानमा केही दिनयता निरन्तर रूपमा परेको

पुनः श्रम स्वीकृतिमा ‘क्यू फ्री’ व्यवस्था, आवेदन दिएकै दिन स्वीकृति पाइने

काठमाडौं । पुनः श्रम स्वीकृतिका लागि आवेदन दिएकै दिन कोटा

मुस्ताङको लेते-धम्पु पुल निर्माणमा ढिलासुस्ती

मुस्ताङ । मुस्ताङस्थित थासाङ गाउँपालिकामा निर्माणाधीन (लेते–धम्पु) प्रिस्टेज पुल निर्माण

पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वऊर्जामन्त्री दीपक खड्कालाई