२० मंसिर २०८२, शनिबार | December 6, 2025

जेनजी आन्दोलनपछिको पुनर्निर्माणमा लखन ब्रदर्श युथ क्लबको सहयोग घोषणा



बुटवल । जेनजी आन्दोलनका क्रममा भएको क्षति पुनःनिर्माणका लागि देशभर सहयोग घोषणा भइरहेका बेला रुपन्देहीको सामाजिक र खेलकुद क्षेत्रमा सक्रिय लखन ब्रदर्श युथ क्लबले पनि राष्ट्र पुनर्निर्माण कोषमा आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।

आइतबार क्लबको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष सुदिप खत्रीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाए । “सामाजिक कार्यमा सहभागिता, युवाहरूको प्रतिबद्धता” भन्ने नारासहित स्थापना भएको क्लब नगर सौन्दर्यीकरण, सरसफाइ, सचेतना र खेलकुद गतिविधिमा निरन्तर सक्रिय रहँदै आएको उनले जानकारी दिए ।

उनका अनुसार क्लबले सिंहदरबारसहितका क्षतिग्रस्त सरकारी संरचनाको जीर्णोद्धारमा थोरै भए पनि योगदान पुर्‍याउने उद्देश्यले सहयोग घोषणा गरेको हो । साथै, सरकारी कार्यालयहरूमा स्वयंसेवी श्रमदानसमेत गर्ने गरी तयारी भइरहेको उनले बताए ।

स्थापना दिवसमा स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गर्दै आएको क्लबले हालसम्म आफ्नै खर्चमा सडकमा छरिएका विद्युत् र टेलिफोनका तार क्लिपिङ गर्ने, वडासँग समन्वयमा बाटाका खाल्टाखुल्टी टाल्ने, वृक्षारोपण गर्ने, डेंगुजन्य रोगबारे जनचेतना फैलाउनेजस्ता गतिविधि गर्दै आएको सचिव निरञ्जन पन्तले जानकारी दिए । साथै, क्लबले पहिलो संस्करणको लखन कप फुटबल प्रतियोगिता समेत आयोजना गरिसकेको छ ।

वि.सं. २०७९ मा दर्ता भएको यो क्लबमा हाल करिब ८० जना युवा सदस्य सक्रिय रहेका छन् ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आइतबार  ४ : ४९ बजे

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं । आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

एनपीएलमा आज दुई खेल : सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा भिड्दै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको