काठमाडौं । आज २ बजेका लागि तय भएको अन्तरिम सरकारका नयाँ नियुक्त मन्त्रीहरूको शपथको समय एक घण्टा पछि सरेको छ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ यसअघि दिउँसो २ बजेका लागि तय भएपनि उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्री नियुक्त गर्नका लागि सिफारिस गरेकी थिइन् । तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको नाम भने अन्तिम समयमा आएर लिष्टबाट हटाइएको छ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।


















प्रतिक्रिया