१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

हेटौंडामा बस, ट्रक र ट्यांकर ठोक्किँदा ३१ जना घाइते



हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बस्तीपुरमा बस, ट्रक र तेल ट्यांकर एक आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

घाइतेहरुलाई उपचारका लागि हेटौंडा अस्पताल र सीएमसी चुरेहिल हस्पिटल हेटौंडा पठाइएको छ ।

प्रहरीका अनुसार चितवनबाट बीरगञ्जतर्फ जाँदै गरेको ना ६ ख २११९ नम्बरको यात्रुबाहक बसको अगाडिको चक्का पड्किएपछि बस अनियन्त्रित भई विपरीत दिशाबाट आएको ना ६ ख ८१८० नम्बरको मालबाहक ट्रकसँग ठोक्किएको थियो । त्यसपछि ट्रक अनियन्त्रित भई काठमाडौंबाट बारातर्फ जाँदै गरेको ना ७ ख १७७४ नम्बरको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरसँग ठोक्किएको हो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ३ : ११ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा