७ चैत्र २०८२, शनिबार | March 21, 2026

पूर्वी नाकाको यात्रु शाखा सञ्चालनमा



झापा । दसैँलाई लक्षित गरेर १५ दिनदेखि बन्द रहेको पूर्वीनाका काँकडभिट्टाको यात्रु शाखा सञ्चालनमा आएको छ । जेनजी प्रदर्शनका क्रममा मेची भन्सार कार्यालयमा तोडफोड र आगजनी भएपछि सो शाखा बन्द रहेको थियो । यात्रु शाखा बन्द रहेसँगै भारतीय सवारीसाधन नेपाल प्रवेशमा रोक लगाइएको थियो ।

प्रमुख मेची भन्सार अधिकृत हरिहर पौडेलका अनुसार यात्रु शाखा बन्दपछि व्यापार व्यवसायमा त्यसको प्रत्यक्ष असर परेको हुँदा भन्सारले सोमबारदेखि सो शाखा सञ्चालनमा ल्याएको हो । एक हप्ताअघि भन्सारले नेपालमा भएको विषम परिस्थितिका कारण यात्रु शाखा सञ्चालन गर्न नसकिएको सूचना जारी गरेको थियो । यात्रु शाखा सञ्चालनमा आएसँगै भारतीय सवारीसाधन नेपाल प्रवेश गर्न थालेका छन् ।

जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते मेची भन्सार कार्यालयमा तोडफोड, लुटपाट र आगजनी भएको थियो । चाडपर्व नजिकिएका कारण भन्सारले आयातनिर्यातमा सजिलो बनाउने सेवा सुरु गरेको जनाएको छ ।

लुटिएकामध्ये ७५ थान हतियार फिर्ता

जेनजी प्रदर्शनका क्रममा जिल्लाको दुईवटा इलाका प्रहरी कार्यालयबाट लुटिएका ७५ थान हतियार फिर्ता भएको प्रहरीले जनाएको छ । गत भदौ २४ गते इलाका प्रहरी कार्यालय दमक र अनारमनी (विर्तामोड)बाट ९९ थान हतियार लुटिएका थिए । अब २४ थान हतियार फिर्ता हुन बाँकी छ । विर्तामोड नगरपालिका क्षेत्रबाट ४० थान र दमक नगरपालिका क्षेत्रबाट ३५ थान हतियार फिर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए ।

दमक र झिलझिले इलाकाबाट चार थान एसएलआर, १० थान इन्सास राइफल, १२ थान थ्रीनटथ्री राइफल, तीन थान सट गन, दुई थान ग्यास गन, तीन थान चाइनिज रिभल्भर र एक थान नाइन एमएम रिभल्भर आन्दोलनकारीले फिर्ता गरेका हुन् । त्यसैगरी, विर्तामोड, दुर्गापुर र शनिश्चरे इलाकाबाट सात थान एसएलआर, १६ थान इन्सास राइफल, छ थान थ्रीनटथ्री राइफल, दुई थान सट गन, चार थान ग्यास गन, तीन थान एसएमजी र दुई थान रिभल्भर आन्दोलनकारीले फिर्ता दिएको उनले जानकारी दिए ।

जेनजी प्रदर्शनका क्रममा भदौ २४ गते अनारमनी र दमक इलाका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिएको थियो । त्यही क्रममा प्रहरीसँग भएका हतियार लुटिएका थिए । अनारमनी इप्रका (विर्तामोड)बाट लुटिएका अधिकांश हतियार आन्दोलनकारीले तत्कालै मानवअधिकारवादीको रोहवरमा नेपाली सेनाको अरिदमन गण चारआलीको टोलीलाई फिर्ता गरेका थिए । विर्तामोडबाट लुटिएका हतियारमध्ये अब दुई थानमात्र फिर्ता हुन बाँकी छ । तर दमकका धेरै हतियार फिर्ता हुनसकेको छैन ।

“लुटिएका हतियार फिर्ता गर्न सार्वजनिक अपिल गरेका छौँ”, सूचना अधिकारी खड्काले भने “अटेर गरेर नबुझाउनेलाई कानुनबमोजिम कारबाही हुन्छ ।”

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : १३ बजे

कर्णाली प्रदेशसभाबाट हिमाली जिल्लामा नियमित हवाई उडान गर्ने ६ बुँदे संकल्पपत्र पारित

कर्णाली । कर्णाली प्रदेशका हिमाली जिल्लाको नियमित हवाई उडान गर्न

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौं । जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय

सांस्कृतिक विविधताबीचको एकताले राष्ट्रियतालाई सुदृढ बनाउँदछ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक एवं साँस्कृतिक विविधताबीचको एकताले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६

ढोरपाटनमा भारी हिमपात

ढोरपाटन । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी