२० मंसिर २०८२, शनिबार | December 6, 2025

सुनको मूल्यमा रेकर्ड ब्रेक, प्रतितोला २ लाख २१ हजार



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर बढ्दै गएको छ । मंगलबार प्रतितोला २ लाख २१ हजार रुपैयाँ नाघेर सुन अहिलेसम्मकै महँगो दरमा कारोबार भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ९०० रुपैयाँले वृद्धि भई सुनको मूल्य २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको हो। सोमबार यो मूल्य २ लाख १७ हजार ८०० रुपैयाँ थियो।

यसअघि सोमबार कायम भएको मूल्यलाई समेत रेकर्ड मानिएको थियो तर मंगलबारको दरले त्यसलाई पनि तोडेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। सोमबार प्रतितोला २ हजार ६६० रुपैयाँ रहेको चाँदी मंगलबार बढेर २ हजार ६८० रुपैयाँमा कारोबार भएको छ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ११ : ३० बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय