१० पुस २०८२, बिहिबार | December 25, 2025

विद्युत् विस्तारपछि गाउँ-गाउँमा चल्छन् ‘विद्युतीय मिल’



भोजपुर । विद्युतीकरणपछि भोजपुरका ग्रामीण क्षेत्रको जनजीवन सहज बन्दै गएको छ । विगतमा अँध्यारोमा रात कटाउँदै आएका स्थानीयले हाल उज्यालो मात्रै पाएका छैनन्, गाउँघरमा नै आधुनिक यन्त्र उपकरण चलाएर दैनिकीलाई सहज बनाइरहेका छन् । यसरी विद्युत् विस्तार भएको गाउँ हो- भोजपुरको रामप्रसाद राई गाउँपालिका- ६ वैकुण्ठे ।

यहाँका स्थानीयको दैनिकीमा अचेल निकै परिवर्तन आएको छ । भौगोलिक रुपमा विकट मानिएको यस क्षेत्रमा विद्युत् सेवा पुगेपछि स्थानीयको दैनिकीमा नै परिवर्तन आएको हो ।

विद्युत् पहुँचले कुटानी, पिसानीसँगै दैनिक कामकाजमा सहज भएको वडासदस्य जानुका सुयल बताउँछिन् । गाउँगाउँमा विद्युतीय मिल जडान भएपछि एक दिनसम्म लगाएर कुटानी, पिसानीका लागि अन्य ठाउँमा जानुपर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

विद्युत् पहुँचपछि स्थानीय तहले उद्यमशीलता विकासमा सहजीकरण गरिरहेको छ । वडाध्यक्ष एकराज आचार्यले कुटानी-पिसानी समस्या समाधान गर्न १६ वटा आधुनिक विद्युतीय मिल वितरण गरिएको जानकारी दिए । स्थानीयको कुटानी-पिसानीको समस्या अन्त्यका लागि वडाले विद्युतीय मिल दिएको उनले बताए छ ।

मिल वितरणसँगै स्थानीयलाई उद्यमशीलतासँग जोड्न प्रोत्साहन गरिरहेको उनले बताए । अब रैथाने बाली कोदो, गहुँ, जौ, फापरको पीठो बनाएर बजारीकरण गर्ने योजना रहेको र त्यसका लागि ‘बैकुण्ठेको उत्पादन काठमाडौंको भान्सामा’ भन्ने नाराका साथ काम भइरहेको वडाध्यक्ष आचार्यले जानकारी दिए ।

विद्युत् विस्तार भएपछि दैनिक काममा सहजतासँगै स्थानीयवासीलाई सूचनाको पहुँचमा जोडिन पनि सहज भएको वडासदस्य जयन्द्रकुमार राईले बताए । विद्युतीय मिल वितरणले उद्यमशीलतासँगै महिलालाई घरायसी कामकाजमा समेत सहजता भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ७ : ४८ बजे

लन्डनको प्लमस्टिडमा नेपालीको लगानीमा खुल्यो एशियन ओरिएन्टल सुपरमार्ट

लन्डन । नेपालीहरुको उल्लेख्य बसोबास रहेको साउथ इष्ट लण्डनको प्लमस्टिडमा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

बिलाउनीको झाडी फाडेर सुन्तला बगान

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर

नरैनापुर पर्यटन प्रवद्र्धनमा मिडियाको सहकार्य आवश्यक : पत्रकारहरूको प्रतिबद्धता

बाँके । नरैनापुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सञ्चार माध्यमको भूमिका

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

वीरगञ्ज । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु