काठमाडौं । नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरू भएको छ।
राजधानीको प्रज्ञा भवनमा बैठक सुरु बैठकमा केन्द्रीय समिति सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू र प्रदेशका पदाधिकारीहरू सहभागी छन् ।
प्रचण्डको अध्यक्षतामा सुरु भएको बैठकमा महासचिव देव गुरुङले एजेण्डा प्रस्तुत गरेका छन् । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव पेश गर्नेछन् । प्रचण्डको प्रस्तावमा आगामी मंसिरमा गर्ने विशेष महाधिवेशन सम्बन्धी तयारी र फागुन २१ गते हुने आम निर्वाचन तथा अन्य पार्टीहरुसँग एकता र सहकार्यको विषय समेटिएको छ । सो प्रस्तावमाथि समुह बनाएर छलफल हुनेछ ।


















प्रतिक्रिया