२५ असार २०८३, बिहिबार | July 9, 2026

माओवादीको केन्द्रीय समिति विघटन, मंसिरमा विशेष महाधिवेशन



काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने निर्णय गर्दै केन्द्रीय समिति विघटन गरेको छ।

शुक्रबार काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न बैठकले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक प्रस्ताव पारित गर्दै यस्तो निर्णय गरेको हो।

बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पुरक प्रस्ताव पेस र उपमहासचिव जनार्दन शर्माले फरक मत प्रस्तुत गरेका थिए। बैठक समापन गर्दै अध्यक्ष प्रचण्डले श्रेष्ठ र शर्माका प्रस्तावका अंशलाई समेत समेट्दै महाधिवेशनमा लैजाने प्रस्ताव गरेका थिए । प्रचण्डको सो प्रस्तावलाई हलले समर्थन जनाएको छ ।

बैठकले केन्द्रीय समिति भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गरेको छ। सहभागी नेताहरूका अनुसार महाधिवेशनले पार्टीलाई क्रान्तिकारी रूपान्तरण गर्ने लक्ष्य लिएको छ।

यस्तै, बैठकले आगामी फागुन २१ मा तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने निर्णय पनि गरेको छ।

 बैठकका निर्णयहरु : 
* केन्द्रीय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण । पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने ।
* पार्टीभित्रका नेता-कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशालि आयोग गठन गर्ने ।
* नेपोटिज्मबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने । सॅस्कार, कार्यशैलि र चालचलन सम्बन्धि निति बनाउने ।
* जेन-जिलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागि गर्ने । युवाहरूलाई प्रथामिकता दिने ।
* आईटि कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने ।
* अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने । महाधिवेशनसम्म छलफल गर्दै जाने ।
* विभिन्न बिचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने ।

प्रकाशित मिति : १० आश्विन २०८२, शुक्रबार  ५ : ४९ बजे

संविधान संशोधन कार्यदलबाट एमाले पनि बाहिरियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले संविधान संशोधनको बहसका लागि

सर्लाहीको लालबन्दीमा गोली प्रहार गरी लुटपाटको प्रयास

सर्लाही । सर्लाहीको लालबन्दीमा गएराती गोली प्रहार गरी लुटपाटको प्रयास

प्रधानमन्त्रीको सीमा अभिव्यक्तिमाथि संसद्मा फेरि विरोध, माफी माग्न विपक्षीको अडान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल-भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्तिलाई

बालमन्दिरको जग्गा लिज प्रकरणमा तीन जना पक्राउ, सीआईबीले बढायो अनुसन्धान

काठमाडौं । नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा लिजमा दिइएको विषयसँग

प्रतिनिधिसभा बैठक : विभिन्न विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरू भएको छ । बैठकमा