१५ चैत्र २०८२, आइतबार | March 29, 2026

योगेश भट्टराईले गरे एमाले पुनःगठनका लागि अपिल



काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अभियानमा साथ दिन अपिल अपिल गरेका छन् । भिडियो सन्देश सार्वजनिक गर्दै भट्टराईले जेनजी विद्रोहपछि बदलिएको अवस्थालाई मनन् गरी पार्टी पुनःगठनको का लागि अपिल गरेका हुन् ।

‘इतिहासका हरेक संकटका हरेक घुम्ती र मोडहरुमा आफुहरु पुनर्गठित भएको सत्यलाई मनन् गर्नु जरुरी रहेको उल्ले उल्लेख गरेका छन् । ‘आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं ।’ उनले भनेका छन् ।

तत्कालिन राजा ज्ञानेन्द्रले ‘कू’ गर्दाको अवस्था स्मरण गर्दै भट्टराईले त्यतीबेला पनि पानी पुनःगठन भएको बताएका छन् । ‘१९ माघ २०६१ मा तत्कालीन राजा ज्ञानेन्द्रले संविधान र लोकतान्त्रिक प्रणालीमाथि ‘कू’ गर्दा पनि समाज र पार्टीमा आजको जत्तिकै सन्नटा छाएको थियो । त्यसबेला पार्टीकै युवा पुस्ताले अग्रसता लिएर पार्टी पुनर्गठनको बहस चलायो,’ उनले भनेका छन्, ‘अन्ततः नेकपा एमालेको नवौं महाधिवेशनले पार्टी पुनर्गठनको एजेन्डा स्वीकार गर्‍यो । पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्‍यो । पार्टी बच्यो, आन्दोलन सफल भयो ।’

पार्टी पुनर्गठनले नेतृत्वको समेत सम्मान भएको प्रसंग औंल्याउँदै भट्टराईले कमजोरीलाई नस्वीकार्दा अरूलाई लाभ पुग्ने पनि बताएका छन्।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  २ : ११ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा