१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा क्षति भएका भौतिक संरचनाका पुनःनिर्माणको अभियानमा सबैलाई साथ दिन आह्वान गरेका छन् ।

आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले जेनजी आन्दोलनका क्रममा प्रभावित भौतिक संरचनाको पुनःनिर्माण, राहत, पुनःस्थापना तथा आर्थिक पुनरुत्थानका लागि ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’ स्थापना गरिएकोे जानकारी गराए। मन्त्री घिसिङले कोषमा सरकार, प्रदेश सरकार एवम् स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्रराष्ट्रहरु, विकास साझेदार तथा अन्तरराष्ट्रिय सङ्घ संस्थाबाट अमूल्य योगदान गरी राष्ट्र पुनःनिर्माणको अभियानमा सहभागी हुन अनुरोध गरेका हुन् ।

उनले भने, “भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो धनजन क्षति भएको भन्दै भौतिक संरचनाको पुनःनिर्माण, आर्थिक पुनरुत्थान र राहत लगायतका कार्यका लागि कोष स्थापना गरेका छौँ ।”

सरकारले यसका लागि भौतिक पूर्वाधार पुनःनिर्माण समिति गठन गरेको छ । समितिले विश्व समुदायसमक्ष ‘कल फोर ग्लोबल सपोर्टः अर्जेन्ट अपिल फोर द रिस्टोरेशन एन्ड रिकन्सट्रक्सन अफ नेपालस् पब्लिक एसेट्स’ अनुरोधसहित सहयोगका लागि आह्वान गरेको छ ।

मन्त्री घिसिङले राष्ट्र पुनःनिर्माणको अभियानमा साथ दिन आह्वान गर्दे कोषमा सङ्कलित रकम पारदर्शी रूपमा खर्च गरिने प्रतिबद्धतासमेत व्यक्त गरे । कोषमा योगदान रकम जम्मा गर्ने बैंक खाताको विवरणमा राष्ट्रिय वाणिज्य बैँकको खाता नं १९६०१००१०२०७०००४ रहेको छ भने स्वीफ्ट कोड ‘आरबिबिएएनकेए’ रहेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  ४ : १० बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा