२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

कुलतका कारण लैङ्गिक हिंसाका घटना बढे



बर्दिया । विभिन्न कुलतमा फसेका युवाहरुका कारण लैङ्गिक हिंसाका घटना बढेको एक कार्यक्रममा बताइएको छ । महिला कानुन र विकास मञ्चको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले बर्दियाको बढैयातालमा शुक्रबार गरेको समुहगत छलफलका सहभागीहरुले समाजमा व्यप्त लागु औषधको प्रयोगले समाजका नकरात्मक प्रभाव पारेको बताए ।

उनीहरुले किशोर तथा किशोरीले समेत लागुऔषधको सेवन गरी विभिन्न हिंसाका घटना घटाएको बताए । सहभागीहरुले महिलाहरुले बाल विवाह, बहु विवाहको समस्याले पनि किशोरी तथा महिलाहरु समस्यामा परेको बताएका छन ।

उनीहरुले लैङ्गिक हिंसाविरुद्ध स्थानीय सरकारले कानून नै निमार्ण गरि प्रभावकारी कार्यन्वयन गर्नुपर्ने सुझाव दिएका थिए । छलफलमा महिला तथा बालिकासंग विभिन्न समस्याहरुका बारेमा छलफल भएको थियो ।

कार्यक्रममा हिंसा निगरानी समुहका संयोजक प्रेम त्रिपाठी, महिलाहरु माया सापकोटा, सिता चौधरी, सविता परियार, निशा थारु, शकिना खान, जामेरुन खाँ, कृपानन्द झाँलगायतले बोलेका थिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजीत तिवारी, उपाध्यक्ष कृष्णमुरारी प्रसाद भट्ट, महासचिव अधिबक्ता केवलसिंह थारुले लगायतल धारणा राखे । महिला तथा बालिका हिंसाविरुद्ध नीतिगत सुधार तथा सचेतना कार्यक्रम अन्र्तगत संस्थाले बाँके र बर्दियाका चार वटा स्थानीय तहमा महिला तथा बालिका हिंसाविरुद्ध ऐन, कानुन, नीति तथा कार्यविधी निमार्ण गर्ने संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले जानकारी दिए ।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  ५ : २६ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर