काठमाडौं । सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।
आज बिहान रुकुमबाट दाङतर्फ गइरहेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट-३ चोरखोलामा दुर्घटनाग्रस्त हुँदा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकालाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा पठाइएको थियो । त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
उक्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


















प्रतिक्रिया