१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सल्यानमा गाडी दुर्घटना : तीनको मृत्यु, चार गम्भीर घाइते



काठमाडौं । सल्यानमा भएको सवारी दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने चारजना घाइते भएका छन् ।

आज बिहान रुकुमबाट दाङतर्फ गइरहेको लु २ ख ६५०२ नम्बरको गाडी सल्यानको कपुरकोट-३ चोरखोलामा दुर्घटनाग्रस्त हुँदा एक महिला र दुई पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता रमेश खत्रीले जानकारी दिएका छन् । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकालाई प्रारम्भिक उपचारपछि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर दाङमा पठाइएको थियो । त्यहाँबाट थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको र उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

उक्त गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ८ : ५६ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक