२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

लायन्स आँखा अस्पतालको सभापतिमा श्रेष्ठ : बुटवल उद्योग वाणिज्य संघमा सम्मान



बुटवल । बुटवलको लायन्स आँखा अस्पतालको सभापति पदमा मनोनित भएका बुटवल उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य महेशप्रसाद श्रेष्ठलाई सम्मान गरिएको छ । संघको आईतबार बसेको कार्यसमिति बैठकमा अस्पतालको सभापति पदमा मनोनित भएका श्रेष्ठलाई सममान गरिएको हो ।

उनलाई संघका अध्यक्ष हरिप्रसाद अर्यालले टिका सहित खादा लगाएर सम्मान गरेका हुन् । त्यस अवसरमा बोल्दै संघका अध्यक्ष अर्यालले अस्पतालको व्यवस्थापकीय जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लव अफ बुटवलले स्थापना गरि सञ्चालनमा ल्याएको बुटवल लायन्स आँखा अस्पतालमा क्लवले ४ वर्षे कार्यकालको लागि अध्यक्ष सहित पदाधिकारी मनोनित गर्ने गर्दछ । यस अंगाडि अध्यक्ष रहेका रामेश्वरप्रसाद श्रेष्ठको कार्यकाल सकिएपछि क्लवले अध्यक्ष पदमा क्लवका पूर्व अध्यक्ष महेशप्रसाद श्रेष्ठलाई मनोनित गरिएको लायन्स क्लव अफ बुटवलका अध्यक्ष प्रतिक पोखरेलले जानकारी दिए ।

त्यस अवसरमा संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य उज्ज्वलप्रसाद कसजू, संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, उपाध्यक्ष विमलराज भट्टराई, महासचिव मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष बसन्तप्रसाद ढकाल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष समेत रहेका संघका सचिव प्रतिक पोखरेल, सहकोषाध्यक्ष धनाकुमारी खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०८२, आइतबार  ९ : ०४ बजे

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)

अनधिकृत रुपमा भूमि दिलाइदिने भ्रमका पछि नलाग्न आयोगको आग्रह

नेपालगन्ज । भूमि समस्या समाधान आयोग जिल्ला समिति बाँकेले अनधिकृत

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर