९ चैत्र २०८२, सोमबार | March 23, 2026

गुल्मीको छल्दीपनाहमा बस दुर्घटना, १५ जना घाइते



गुल्मी । गुल्मीमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

बुटवलबाट तम्घास हुँदै अर्जेतर्फ जाँदै गरेको लु १ ख ७७७६ नम्बरको बस रेसुङ्गा नगरपालिका–४ छल्दीपनाहमा सोमबार दिउँसो सडकबाट करिब पाँच मिटर तल खस्दा दुर्घटना भएको थियो ।
घाइते सबै १५ जनालाई उपचारका लागि जिल्ला अस्पताल गुल्मी पठाइएको छ ।

बस घुम्तीमा अचानक ब्रेक फेल भई सडक किनारमा रहेको खाली घरमा अड्किएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बसले घरलाई पनि क्षति पुर्याएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका घाइते :

१) मालिका गा.पा. ६ बस्ने लक्ष्मी बिष्ट (३५)
२) इस्मा गा.पा. ६ बुल्मका सरिता कुमाल (३३)
३) निजको छोरा कृष्ण कुमाल (११)
४) सन्त ब. कुमाल (३९)
५) चन्द्री कुमाल (७८)
६) निजको नाति ईश्वर कुमाल (३)
७) सरिता महत (३३)
८) सचिन महत १३
९) २) ईस्मा गा.पा. ६ अमरपुर बस्ने नबिन महत (२१)
१०) दिपक पराजुली (सहचालक) ।
११) रेशम भण्डारी (२२)
१२) हरिकला कुमाल (७३)
१३) राधिका बस्नेत (४३)
१४) निजको छोरी कोपिला बस्नेत (२२)
१५) निजको छोरा अनिल बस्नेत (१७)

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ५ : ४८ बजे

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी

विघटनपछि निष्क्रिय विधेयक आगामी संसद्का लागि ‘खुराक’

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभाका विभिन्न समितिमा निकै रस्साकस्सीका बीच अघि

बाँकेमा ६ महिनाको अवधिमा तीन करोडभन्दा बढी जरिवाना असुल

नेपालगन्ज । प्रहरीले बाँकेमा पछिल्लो ६ महिनामा २७० जना फरार

चैत १२ गते दिउँसो २ बजे प्रतिनिधिसभाका सांसदहरूको शपथग्रहण

काठमाडौं । सङ्घीय संसद् सचिवालय नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा