१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बसले मोटरसाइकललाई ठक्कर दिँदा गुल्मीमा १९ वर्षीय विद्यार्थीको मृत्यु



गुल्मी । गुल्मीमा बसको ठक्करबाट एक विद्यार्थीको ज्यान गएको छ । याुत्रबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक विद्यार्थीको ज्यान गएको हो ।

मृत्युहुनेमा रेसुङ्गा नगरपालिका–४ सेउघाका १९ वर्षीय विवेक झाँक्री मगर रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

आज बिहान आफु अध्ययनरत सदरमुकाम तम्घासमा रहेको विद्यालयबाट घर जाने क्रममा तम्घास आउँदै गरेको लु १ ख ९४७५ नम्बरको बसले तम्घारबाट जाँदै गरेका लु ८७ प ९८१ नम्बरको मोटरसाइकललाई े रेसुङ्गा–४ अर्खलेमा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मगरको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको गुल्मीका प्रहरी उपरीक्षक नविन किशोर प्रधानले जानकारी दिए ।

प्रहरीका अनुसार तम्घासको महेन्द्र नमूना माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत मगर बिहानको पढाइ सकेर घर जाँदै थिए। दुर्घटनापछि ठक्कर दिने बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८०, सोमबार  ४ : २१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्