२८ भदौ २०८३, आइतबार | September 13, 2026

गोरखा दरबारको दसैँघरमा फूलपाती भित्र्याइयो



गोरखा । गोरखा दरबारस्थित दसैँघरमा परम्पराअनुसार आज विधिपूर्वक फूलपाती भित्र्याइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा दरबारमा साँझको शुभसाइतमा हर्षबढाइँका साथ फूलपाती भित्र्याइएको गोरखाकाली मन्दिरका मुख्य पुरोहित शारदाप्रसाद भट्टराईले जानकारी दिए ।

तल्लोकोटस्थित फूलपाती चौताराबाट लगिएको फूलपाती दरबारको दसैँघरमा भित्र्याइएको उनले बताए । मुख्य पुरोहित भट्टराईले भने, “गोरखा दरबारबाट निस्किएको बाजागाँजा र झाँकीसहितको टोलीले हर्षउल्लासका साथ फूलपाती दसैँघरमा पु¥याएको हो ।”

फूलपातीका दिन गोरखा दरबारमा रवानबाट पश्चिम क्षेत्रमा देखिने डाँडामा आधा घाम तल र आधा घाममाथि देखिने समयमा फूलपाती भित्र्याउने चलन छ ।

यसअघि रातिको समयमा फूलपाती लिन फूलपाती चौतारामा दरबारका सुसारे, नेपाली सेना, नेपाल प्रहरी, सरकारी कर्मचारी तथा स्थानीयवासीको टोली लावालस्करसहित तत्ललोकोटमा रहेको पिपल डाँडा पुगेका थिए ।

गए राति जङ्गलबाट ल्याएको दारिक, बेलको पात, उखुको बोट, केराको पात, अदुवाको बोट र मौसमी फलफूललाई फूलपातीको रूपमा परम्पराअनुसार दसैँघरमा भित्र्याइएको मुख्य पुरोहित भट्टराईले बताए ।

दरबारमा फूलपाती भित्र्याउनुअघि गोरखा दरबारदेखि मङ्गलिनीहरूले मङ्गलगीत तथा मालश्री राग गाउँदै हर्षबढाइँ गर्दै र भारवाहकहरू फूलपाती पर्सने सिँढीसम्म पुगेका थिए । गोरखा दरबारको सिँढीमा विशेष पूजा गरेर दरबारमा फूलपाती भित्र्याइएको मूल पुरोहित भट्टराईले जानकारी दिए ।

यसअघि आज बिहान गोरखा दरबारको दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका फूलपाती पठाइएको थियो ।

 

प्रकाशित मिति : १३ आश्विन २०८२, सोमबार  ८ : ४१ बजे

भोटेकोशी बाढी अपडेट : १ हजार ३ सय ८४ जनाको शव फेला

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण शनिबार राति

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौँ । पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल) को उपाधि

बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ

धादिङ । भोटेकोशी–त्रिशूली नदीमा गएको बाढीले बगाएर ल्याएका गरगहना फेला

प्रेस स्वतन्त्रता सेनानी गुप्ताको ९८ औँ जन्मजयन्ती : पत्रकारको निःशुल्क मिर्गौला परीक्षण

नेपालगन्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्ता ‘चाचा’को ९८औँ

बुटवलमा ‘बिजनेस ब्रह्मास्त्र’ एकदिने व्यवसायिक प्रशिक्षण हुँदै

बुटवल । व्यवसायमा नयाँ सम्भावना खोजिरहेका उद्यमी तथा व्यवसायीलाई लक्षित