२६ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ : उपराष्ट्रपति यादव



काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले परिवारले ज्येष्ठ सदस्यलाई हेरचाहको आवश्यकता भएको व्यक्तिका रूपमा मात्र नभई परिवारको मूल स्तम्भको रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।

अन्तरराष्ट्रिय ज्येष्ठ नागरिक दिवस (अक्टोबर १) को अवसरमा शुभकामना व्यक्त गर्दै उनले भनेका छन्, “ज्येष्ठप्रति आदर, सहानुभूति र संवेदनशीलता प्रदर्शन गर्नु युवा पुस्ताको नैतिक आचरण, दायित्व र जिम्मेवारी पनि हो । नवपिँढीले आ–आफ्नो घर–परिवारमा ज्येष्ठको सहभागिता सुनिश्चित, विचार र सल्लाहलाई सम्मानपूर्वक ग्रहण, सामाजिक गतिविधिमा उहाँहरूको सक्रियता बढाउन सहयोग गर्नु र डिजिटल साक्षरतादेखि स्वास्थ्य सेवासम्मको पहुँचमा साथ दिनु आजको आवश्यकता हो ।”

उपराष्ट्रपति यादवले ज्येष्ठ नागरिक दिवस उनीहरूप्रतिको सामूहिक चेतना, दायित्व र जिम्मेवारीको स्मरण गर्ने दिन भएको उल्लेख गरेका छन् । साथै ज्येष्ठ नागरिकको जीवनको लामो यात्राका क्रममा अँगालेको अनुभव र गरेको त्याग, सेवा तथा समर्पणले समाजलाई दिशानिर्देशन गर्ने पनि उनको विश्वास छ । सन्देशमा भनिएको छ, “उहाँहरू हाम्रो सांस्कृतिक, सामाजिक र नैतिक सम्पत्तिका प्रतीक हुनुहुन्छ, उहाँहरूको योगदानको कदर गर्नु हाम्रो कर्तव्य मात्र होइन, हाम्रो सभ्यताको परिचायक पनि हो ।”

नयाँ पिँढीले ज्येष्ठ नागरिकलाई वृद्धका रूपमा मात्र नभई अनुभव, ज्ञान र मार्गदर्शनका स्रोतको रूपमा लिन सक्नुपर्ने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्,“समाजले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’ को स्रोत मान्न सक्नुपर्दछ । उहाँहरूको गरिमालाई अक्षुण्ण राख्न ज्येष्ठ नागरिकमैत्री पूर्वाधार र सेवा प्रणालीको विकास, सामाजिक सुरक्षाको सुनिश्चितता, एकल ज्येष्ठ नागरिकहरूको लागि सामुदायिक सहारा र मानसिक स्वास्थ्य तथा आत्मसम्मानको संरक्षणमा ध्यान दिन जरुरी छ ।”

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ८ : ३१ बजे

समानुपातिक प्रणालीतर्फको मतगणना बुधबार सकिने, १ करोड ६ लाख गन्दा रास्वपाको ५१ लाख

काठमाडौँ, २६ फागुन स् यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

जापनिज इन्सेफलाइटिस सङ्क्रमणपछि खोप अभियान

नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापनिज इन्सेफलाइटिसको सङ्क्रमण दर

रुपन्देहीमा समानुपातिकतर्फ रास्वपा पहिलो, कर्णालीमा कांग्रेसले पायो सर्वाधिक मत

बुटवल । प्रतिनिधिसभा निर्वाचनमा रुपन्देहीमा प्रत्यक्षतर्फ पाँचवटै क्षेत्र जितेको राष्ट्रिय

प्रहरीद्वारा रूपन्देहीमा लाखौँ मूल्य बराबरका अवैध सामान बरामद

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका

तीन महिनापछि पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ । हिउँदयामको प्रतिकूल मौसम तथा पर्यटकीय अफसिजनका कारण विगत