१५ माघ २०८२, बिहिबार | January 29, 2026

भक्तपुरमा आज खःमेय् जात्रा मनाइँदै



भक्तपुर । महानवमीका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् व्वाकेगु (राँगो दौडाउने) जात्रा आज मनाइँदैछ ।

यहाँ खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी खःमेय् जात्रा मनाइने परम्परा रहेको छ । महिषासुरको प्रतीक मानिएको खःमेय् जात्रालाई विजयादशमीको एक महत्त्वपूर्ण जात्राका रूपमा लिने गरिन्छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा पूर्ण हुनेहुँदा त्यस रूपमा महिषासुर ‘बध’ गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरुप यस दिन खःमेय्लाई बलिपूजा गरी जात्रा मनाउँदै आइएको संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा द्योःछें(देवगृह)मा राखिएका खःमेय्लाई जाँडको कट खुवाएर, जिउभरी सिन्दुर र तेल लगाई लठ्ठ पारी तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछेवाट बाहिर निकालर दौडाउने र ब्रम्हायणी पीठसम्म पु¥याइने गरिन्छ । नवदुर्गा भवानीलाई चढाइने खःमेय्को टाउकोमा दुई दुई चक्करसहित शरीरमा सात वटा चक्र भएको, निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिँङ अगाडि फर्केको, कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, १०० धारनी तौल भएको मोटोघाटो राँगो चाहिने मान्यता छ ।

खःमेय्को ससाना मासुका टुक्रा प्रसादका रूपमा घरलगी सुकुटी बनाउने र धुलो पारेर घ्युमा मुछी धुप बनाइन्छ । उक्त धूप लक्ष्मीपूजाको दिनमा बाल्ने चलन रहेको छ । त्यस दिन धूप बाल्दा घरमा भूतप्रेत भाग्ने, सत्रु नाश हुने र लक्ष्मीले बास गर्ने धार्मिक विश्वास रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  १ : १९ बजे

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला

बुटवलमा ‘चौथो न्यू होराइजन कप’ अन्तर माध्यमिक छात्र भलिबल प्रतियोगिता सुरु

बुटवल । बुटवलमा ‘चौथो न्यू होराइजन कप अन्तर माध्यमिक विद्यालयस्तरीय