११ भदौ २०८३, बिहिबार | August 27, 2026

बडादसैँको नवौँ दिन नेवार समुदायले मनाए ‘स्याक्वट्याक्व’



भक्तपुर । बडादसैँको नवौँ दिन आज महानवमी पर्व दुर्गा भवानीको पूजाआराधना गरी नेवार समुदायले ‘स्वाक्वट्याक्व’ धुमधामले मनाएका छन् । नेवार समुदायले महानवमीका अवसरमा आफ्ना इष्टदेवको पूजा गरी गच्छेअनुसार बलि दिएर स्याक्वट्याक्वको मनाएका हुन् ।

महानवमीको दिन बडादसैँको मुख्य दिन हो । यस दिन नेवार समुदायले काटमार गर्ने, आफ्ना काम गर्ने औजार, सवारी साधन, ज्यावल, भीमसेनलगायतका देवीदेवता र विशेषगरी माता दुर्गाको पूजाआराधना गर्ने तथा बलि दिने गर्दछन् ।

यस अवसरमा आज बिहानैदेखि भक्तपुरका विभिन्न धार्मिक तीर्थस्थल, शक्तिपीठ र टोलटोलका मठमन्दिरमा भक्तजनको भीड लागेको थियो । परम्पराअनुसार भक्तजनले बलि पूजा गरेका थिए । मध्यपुर थिमि–१, लोकन्थलीस्थित सिद्धिकाली मन्दिरमा बलि पूजा गर्न व्यस्त न्हुँछेबहादुर प्रजापतिले आसुरी शक्तिमाथि दैवी शक्तिको जितको प्रतीकका रुपमा रहेको बडादसैँ अर्थात् मोहनी नखःमा महानवमीमा नेवार समुदायले विशेष खालको कालो टीका तयार गर्दछन् ।

यही टीकालाई मोहनी भनिन्छ । दसैँमा तान्त्रिक विधिद्वारा पूजा गरी सली (माटोको सानो भाँडो)मा मोहनी तयार गरिन्छ । मोहनी तयार गर्न विशेष खालको भाँडोमा तेल हालेर दियो बालिन्छ । त्यस दियोमाथि सली घोप्टो पारेर राखिन्छ । सली माथि पूजा गरिन्छ । यसरी सलीको भित्री भागमा दियोको धुवाँ जम्मा भएर मोहनी टीका तयार हुन्छ ।

आजै नेवार समुदायमा छुट्टिएर भिन्न बसेका दाजुभाइ एक ठाउँमा भेला भएर ‘सिउ भ्वय’ खाने प्रचलन छ । विशेषगरी परिवारका जेठो व्यक्तिको घरमा जम्मा भएर यो भोज खाने परम्परा छ । कसैकसैको सबै दाजुभाइको घरमा पालैपालो गएर सिउ भ्वय खाने गरिन्छ ।

नेवार समुदायमा आफ्ना इष्टदेवलाई बलि दिएको पशुपन्छीको सिउ भ्वय खाने प्रचलन छ । भाले वा हाँस जस्ता पन्छी बलि दिएको अवस्थामा टाउको, पखेटा र खुट्टालाई सिङ्गै पकाइन्छ र त्यही टाउको, पखेटा तथा खुट्टा परिवारका जेठोदेखि क्रमैसँग सानो व्यक्तिलाई प्रदान गरेर खाने भोजलाई सिउ भ्वय भनिन्छ ।

यसैगरी बोका, च्याङ्ग्रा जस्ता चौपाया बलि दिएको छभने टाउकोलाई आँखा, कान, नाक, बङ्गारा र जिब्रो गरी आठ भागमा बाँडेर जेठोदेखि क्रमैसँगै सानो व्यक्तिलाई प्रदान गरेर सिउ भ्वय खाइन्छ । सिउ भ्वयले दाजुभाइबीच एकताको सन्देश दिने संस्कृतिकर्मीको भनाइ छ । यो आफूभन्दा ठूलालाई आदर गर्ने परम्परा पनि हो ।

प्रकाशित मिति : १५ आश्विन २०८२, बुधबार  ९ : ४७ बजे

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा बाँकेका २७ जना सम्पर्कविहिन (नामावलीसहित)

नेपालगन्ज । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा रहेका बाँकेका २७ जना

नेपालगन्जमा पुरुष यु-१८ अलनेपाल इन्टर स्कुल फुटबल प्रतियोगिताको ट्रफी अनावरण

नेपालगन्ज । विद्यालय तहका युवा फुटबल प्रतिभालाई पहिचान तथा प्रोत्साहन

बाढी प्रभावितको उद्धार र राहतका लागि वाणिज्य बैङ्कद्वारा तीन करोड सहयोग

काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार गएको बाढीबाट प्रभावित नागरिकहरूको

विश्वका सबैभन्दा घातक हिमनदीजन्य ६ विपद्

बेइजिङ । नेपालको हिमाली सीमा क्षेत्र र त्यससँग जोडिएको तिब्बतमा

‘पार्वती’को पहिलो दिनको कमाइ भोटेकोशी बाढीपीडितलाई दिइने

काठमाडौं । नेपाली चलचित्र ‘पार्वती’ को निर्माण पक्षले चलचित्र देशैभरि