१५ माघ २०८२, बिहिबार | January 29, 2026

बडादशैँको मुख्य दिन आज विजयादशमी, टीकाको उत्तम साइत ११:५३ बजे



काठमाडौं । बडादशैँ अन्तर्गत दुर्गापक्षको मुख्य दिन विजयादशमी आज देशभर मान्यजनको हातबाट शुभसाइत र समृद्धिको प्रतीक रातो टीका र जमरा लगाएर मनाइँदै छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका-प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको छ भने देवी विसर्जनको समय बिहान ९ बजेर २३ मिनेटमा तय गरिएको छ । समितिले विजया दशमी आफैंमा शुभ दिन भएकाले सबैले साइत कुर्नैपर्ने आवश्यकता नरहेको स्पष्ट पारेको छ ।

आज टीका ग्रहण गर्दा व्यक्तिले पूर्वमुखी हुन शुभ मानिन्छ । घटस्थापनाका दिन राखिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी मान्यजनबाट टीका र जमरा लगाउने चलन रहिआएको छ ।

आजको दिन टीका नलगाउन सक्नेहरूले कोजाग्रत पूर्णिमासम्म दुर्गाको प्रसादका रूपमा मान्यजनबाट टीका र जमरा ग्रहण गर्ने परम्परा छ ।

विजयादशमीलाई असत्यमाथि सत्य र आसुरीशक्तिमाथि देवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइने गरिएको हो ।

प्रकाशित मिति : १६ आश्विन २०८२, बिहिबार  ७ : ०८ बजे

महोत्तरी-१ का मतदाताको मुख्य चासो : नदी नियन्त्रण र वन संरक्षण

महोत्तरी । जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी चहलपहल

स्कुटर दुर्घटनामा युवतीको मृत्यु

दमौली । पृथ्वीराजमार्गअन्तर्गत म्याग्दे गाउँपालिका–१ गुणादीमा आज बिहान स्कुटर दुर्घटना

काठमाडौंको मुलपानीमा प्रहरीद्वारा गोली प्रहार, लुटपाटमा संलग्न १० जना पक्राउ

काठमाडौं । काठमाडौंको मुलपानी क्षेत्रबाट प्रहरीले गोली प्रहार गर्दै लुटपाटमा

मधेसको बदलिँदो राजनीतिक परिदृश्य, युवा उम्मेदवारको लर्को

धनुषा । मधेस प्रदेशको राजनीतिक परिदृश्य यसपटक केही फरक देखिएको

पाल्पामा २९ मतदानस्थल ‘अति संवेदनशील’

तानसेन । जिल्ला सुरक्षा समितिले दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको