४ आश्विन २०८३, आइतबार | September 20, 2026

यी भू-भागमा भारी वर्षाको सम्भावना, अनावश्यक यात्रा नगर्न अनुरोध



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव जारी रहेको जनाएको छ । हाल देशभरको मौसम साधारणतया बदली रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड र तराईका केही भूभाग तथा मधेसलगायत देशका अन्य प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी प्रदेशको तराई, कर्णाली प्रदेश र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, मधेस प्रदेशका केही स्थान र अन्य प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । साथै कोशी, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज १७ गते शुक्रबारदेखि असोज २० गते सोमबारसम्म कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अत्यावश्यक अवस्थामा बाहेक लामो दूरीको यात्रा नगर्न आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले यस अवधिमा पाँच प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा हुने सूचना सार्वजनिक गरेसँगै प्राधिकरणले उच्च सतर्कता अपनाउन अनुरोध गरेको हो । विशेष गरी बागमती, कमला र कोशी नदीमा पानीको बहाव खतरा तह आसपास पुग्ने सम्भावना रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन भनिएको छ ।

त्यसैगरी, बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवन, कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ, मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट तथा आसपासका जिल्लामा ससाना नदी र खोला नालामा आकस्मिक बहावको जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सबैलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : २८ बजे

देवानगन्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय

च्यासलमा एमाले सचिवालय बैठक

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा

चीनद्वारा चार नयाँ राडार उपग्रह सफलतापूर्वक प्रक्षेपण

बेइजिङ । चीनले शनिबार चारवटा नयाँ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

भोटेकोशी बाढीपीडितको उद्धार र पुनर्स्थापनामा गम्भीर हुन सरकारलाई रास्वपाको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा

प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान

काठमाडौं । प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा ‘चाइना फोरम अन इन्टरनेशनल