१८ कार्तिक २०८३, बुधबार | November 4, 2026

आज हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना



काठमाडौं । देशका केही भूभागमा आज हल्का वर्षाको सम्भावना रहेको छ। हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने मौसम पूर्वानुमान छ ।

नेपाल मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका सबै भूभागमा आंशिक बादल लाग्नेछ । देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८३, बुधबार  ७ : ४४ बजे

जलजलाका विपद् प्रभावित क्षेत्रको भौगर्भिक अध्ययन

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी

रौतहटमा अज्ञात समूहको गोली प्रहारबाट युवक गम्भीर घाइते

काठमाडौं । रौतहटको गौरमा अज्ञात समूहको गोली प्रहारबाट एक युवक

दाङमा मौलाउँदो व्यावसायिक फूलखेती

दाङ । दाङमा पछिल्लो समय व्यावसायिक सयपत्री फूलखेतीतर्फ आकर्षण बढेको

मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण बढ्दो

मनाङ । अन्नपूर्ण पदमार्ग तथा मनाङ भ्रमणमा भारतीय पर्यटकको आकर्षण

राप्तीसोनारीमा धानको बजार सुनिश्चित गर्दै कृषि सहकारी

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ स्थित साकार कृषि सहकारी