१४ चैत्र २०८२, शनिबार | March 28, 2026

असोज १७ देखि २० सम्म रातिमा काठमाडौं नआउनु नबाहिरिनु : काठमाडौं प्रशासन



काठमाडौं। जिल्ला प्रशासन कार्यालय, काठमाडौंले असोज १७ गतेदेखि २० गतेसम्म रातिमा काठमाडौं नभित्रिन र नबाहिरिन आग्रह गरेको छ ।

प्रशासनले आज विज्ञप्ति जारी गर्दै असोज १७ गतेदेखि २० गतेसम्म काठमाडौं उपत्यका सहित जिल्लाभर भारी वर्षा हुने र यस क्रममा बाढी, पहिरो तथा डुबान जस्ता विपद् निम्तिन सक्ने सम्भावना रहेको भन्दै यात्रामा ननिस्कन सुझाव दिएको हो ।

प्रशासनले सम्भावित जोखिमलाई मध्यनजर गर्दै सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विशेष गरी नदीकिनार, खोला तथा पहिरो सम्भावना हुने स्थानमा बस्नेहरुलाई थप सतर्क रहन अनुरोध गरिएको छ ।

त्यसैगरी काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्ने मुख्य राजमार्ग तथा सडक मार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रशासनले सुझाव दिएको छ । अत्यावश्यक नपरेसम्म यात्रामा ननिस्कन र सुरक्षित स्थानमा बस्न पनि आग्रह गरिएको छ ।

विपद्को समयमा तत्काल उद्धार तथा राहत आवश्यक परेमा जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न सकिने जनाइएको छ । यस्तै, सशस्त्र प्रहरी बल नेपाल, सिमा सशस्त्र प्रहरी बल, र जिल्ला विपद् व्यवस्थापन कार्य सञ्चालन केन्द्रका सम्पर्क नम्बरहरुमा सम्पर्क गर्न सकिने जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  १ : ०१ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको