२९ भदौ २०८३, सोमबार | September 14, 2026

बागलुङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते



बागलुङ । बागलुङमा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिकै शुक्रबार साँझ ग १ ज ६१०० नम्बरको पिकअप गाईघाट नजिकै दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका करिब २४ वर्षीय दिनेश थापाको मृत्यु भएको हो ।

गलकोट हटिया बजारदेखि ताराखोला जाँदै गरेको पिकअप दुर्घटना हुँदा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय मिलन परियार र सोही वडाका ४३ वर्षीय वीरबल परियार घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

घाइतेमध्ये वीरबल गम्भीर हुँदा गलकोट नगर अस्पतालमा सामान्य उपचारपछि पोखरा रिफर गरेको उनको भनाइ छ । अर्का घाइते मिलन परियारको भने गलकोट अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए ।

जीप सडकबाट करिब २० मिटर तल ताराखोलामा खसेको थियो । दुर्घटनाको खबर पाए लगत्तै गलकोटबाट प्रहरीको टोली पुगेर उद्धार गरेको उनले बताए ।

प्रकाशित मिति : १७ आश्विन २०८२, शुक्रबार  ८ : ०३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ