२५ कार्तिक २०८३, बुधबार | November 11, 2026

२४ घण्टामा देशभर भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु, ७१ घाइते



काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने ७१ जना घाइते भएका छन्।

नेपाल प्रहरीका अनुसार दुर्घटनामा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ, जहाँ ३ जनाको ज्यान गएको छ। यसैगरी मधेश प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा एक–एक जनाको मृत्यु भएको छ।

देशभर भएका छुट्टाछुट्टै दुर्घटनामा परी कुल ७१ जना घाइते भएका छन्। घाइते हुनेहरूमा कोशी प्रदेशका १७ जना र लुम्बिनी प्रदेशका १६ जना रहेका छन्। त्यस्तै मधेश प्रदेशमा १० जना, कर्णाली प्रदेशमा ९ जना तथा गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र काठमाडौं उपत्यकामा ६–६ जना घाइते भएका छन्। बागमती प्रदेशमा भने १ जना घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनाका घाइतेहरूको स्थानीय तथा देशका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

प्रकाशित मिति : १० आश्विन २०८३, शनिबार  २ : ४० बजे

जलविद्युत आयोजनाको सहयोगमा बालौटेमा सडक मर्मत सुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको कटानबाट क्षतिग्रस्त

भैयादुज मनाउँदै मैथिल, दाजुभाइको दीर्घायु र कल्याणको कामना

महोत्तरी । मिथिला क्षेत्रमा आज कात्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइको

आज यमपञ्चकको अन्तिम दिन, भाइटीका (किजापूजा) मनाईँदै

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज भाइटीका (किजापूजा)

ठाउँ ठाउँमा मनाइयो नेपाल संवतको नयाँ वर्ष

काठमाडौँ । चन्द्रमास अनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ

दशौँ राष्ट्रिय खेलकुद : प्राविधिक समितिबाट खेल तालिका अनुमोदन्, ४ खेल कर्णाली बाहिर

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुन लागेको दशौँ राष्ट्रिय खेलकुदका