२४ असार २०८३, बुधबार | July 9, 2026

बाढी-पहिरो जोखिमबीच सतर्क रहन प्रधानमन्त्रीको अपिल

नागरिकहरुको सुरक्षा सर्वोच्च प्राथमिकतामा



काठमाडौं । देशभर अविरल वर्षा भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीले सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित रहन आग्रह गरेकी छिन्।

शनिबार साँझ देशबासीका नाममा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अझै दुई दिनसम्म लगातार वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, डुबान र कटानको जोखिम थप बढ्न सक्ने चेतावनी दिएकी छिन् ।

प्रधानमन्त्रीले भनिन्, “हाल नदी नालाहरुको बहाव उच्च सतर्कताको तहमा पुगेको छ र निरन्तर वर्षाका कारण खतराको तहमा पुग्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ ।”

उनले नागरिकहरुलाई आश्वस्त पार्दै सरकारका सम्पूर्ण निकाय उद्धार र राहतका लागि उच्च मनोबलका साथ पूर्ण तयारीमा रहेको जानकारी दिएकी छिन्। उनका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी र अन्य सेवादायी निकायहरु आपतकालीन सेवामा २४ सै घण्टा खटिएका छन् ।

प्रधानमन्त्रीले भनिन, “हामीले सबै उपलब्ध स्रोतहरु परिचालन गरेका छौँ र राष्ट्रिय तथा स्थानीय निकायहरुसँग मिलेर कार्य गरिरहेका छौँ । महत्वपूर्ण राजमार्ग तथा अन्य पूर्वाधारहरुको सक्रिय निगरानी भइरहेको छ र अवस्थाले अनुमति दिने बित्तिकै सडक मार्गहरु पुनः खोल्न प्राथमिकता दिइनेछ ।”

उनले नागरिकहरुलाई अनावश्यक यात्रा नगर्न, डुबान वा पहिरो प्रभावित क्षेत्रमा सवारीसाधन चलाउन वा हिँडडुल गर्न निषेध गर्न आग्रह गरिन। “तीव्र बहाव, डुबान र अस्थिर सडकहरुको खतरा अत्यधिक छ । तपाईं जहाँ हुनुहुन्छ, त्यहीँ सुरक्षित रहनुहोस् र अरुलाई पनि सावधानी अपनाउन प्रेरित गर्नुहोस्,” प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्रीले जोखिमपूर्ण भूभागमा बसोबास गरिरहेका नागरिकहरुलाई ज्यान र धनको सुरक्षा गर्न विशेष सावधानी अपनाउन आग्रह गर्दै प्रहरी र विपद् व्यवस्थापन कार्यालयद्वारा जारी गरिएका सबै आधिकारिक सूचनालाई ध्यानपूर्वक पालन गर्न अनुरोध गरेकी छिन् ।

विपद् जोखिमको आकलन गर्दै सरकारले असोज १९ र २० गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको समेत प्रधानमन्त्रीले सम्बोधनमार्फत जानकारी दिएकी छिन् ।

“हामी तपाईंहरुको चिन्ता र कठिनाइलाई बुझ्छौँ । तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत र निकायहरु तपाईंहरुसँग छन्,” प्रधानमन्त्रीले भनेकी छिन्, “हामी यो जोखिमलाई मिलेर पार गर्नेछौँ र नागरिकहरुको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राख्नेछौँ ।”

प्रधानमन्त्रीले सबै नागरिकलाई सतर्क, संयमित र सुरक्षित रहन आग्रह गरेकी छिन् ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ७ : ३९ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

भुटानी शरणार्थी प्रकरणमा थप अनुसन्धान आवश्यक छ : पूर्व उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ

काठमाडौं । पूर्व उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भुटानी शरणार्थी

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं । राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

बुटवलको हैदराबादी बिरयानी विवाद : आपसी सहमतिमा टुंगियो

बुटवल । बुटवलको हैदराबादी बिरयानी हाउसका सञ्चालक जनक खड्काले कामदारको