१४ चैत्र २०८२, शनिबार | March 28, 2026

अविरल वर्षातले सर्लाहीको जनजीवन प्रभावित



सर्लाही । अविरल वर्षापछि आएको बाढीले यहाँको जनजीवन प्रभावित बनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लखन्देही खोलामा आएको बाढीले करिव एक हजार ६१९ परिवारलाई प्रभावित बनाएको र उनीहरुलाई अन्यत्र सारिएका छन् । बाढीमा फसेका १९ जनालाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ ।

जिल्लाको लखन्देही, झिम, बाँके, सोती, मनुस्मारालगायतका खोलामा पानीको वहाव उच्च भएको छ भने बागमती नदीको बाढीलेसमेत जिल्लाको दक्षिणी क्षेत्र बलरा नगरपालिकाको चार गाउँ डुबानको जोखिममा पारेको छ । जिल्लामा सबै भन्दा धेरै लखन्देही खोलाले क्षति पु¥याएको प्रहरीले जनाएको छ । सो खोलामा आएको बाढीले चक्रघट्ट गाउँपालिका-१, पडरियामा २० कच्ची घरमा पूर्णरुपमा क्षति पुगेको छ भने कौडेना गाउँपालिका-३, मा १५० मिटर हुलाकी सडक क्षति पु¥याएको छ । जिल्लाको ब्रह्मपुरी गाउँपालिका-७, मा रहेको कलभट आदवारा खोलामा आएको बाढीले बगाउँदा ब्रह्मपुरी-भक्तिपुर-चौलिखा सडक अवरुद्ध भएको छ ।

बाढी तथा डुबानका कारण जिल्लाको बसवरिया गाउँपालिका, चक्रघट्ट गाउँपालिका, मलङ्वा नगरपालिका, बलरा नगरपालिका, धन्कौल गाउँपालिका, बरहथवा नगरपालिका, कौडेना गाउँपालिका, ब्रह्मपुरी गाउँपालिका, हरिवन नगरपालिका, गोडैता नगरपालिका र कबिलासी नगरपालिकामा स्थानीय प्रभावित भएका छन् । प्रहरी कार्यालयका अनुसार लखन्देही खोलाको बाढीले चक्रघट्ट गाउँपालिका-५, मा १८ घर स्थानीय विस्थापित भएका छन् । विस्थापित परिवारले नजिकै छिमेकीका बसेका छन् ।

यस्तै जिल्लाको बसवरिया गाउँपालिकास्थित बागमती खोलामा फसेका दुई जनालाई प्रहरीले उद्धार गरेको थियो । लखन्देही खोलाको पानीले मङ्गवा नगरपालिका-५, भाडसरका घरमा पानी पसेको थियो । यसैगरी मलङ्वा नगरपालिका-८, गोरखकालीमा रहेको भन्सार कार्यालय र प्रहरी चौकीमा पानी जमेको छ ।

यसैबीच बलरा-१, ३, ४ र ५ नम्बर वडामा गरी नौ सय घर डुबानमा परेको छ । वडा नं १ को छन्की टोलका ५० परिवार पानीमा घर डुबेपछि विस्थापित भएका हुन । सोही पालिकाको वडा नं ४ को सहनी टोला र मुस्लिम टोला डुबानमा परेको छ । घरहरू डुबानमा परे पनि स्थानीयलाई सुरक्षितसँग बागमती ड्याममा राखिएको छ ।

मनुस्मारा खोला र वर्षाको पानीले जिल्लाको धन्कौल गाउँपालिका-३, हरकठवा र वडा नं ४ महिनाथपुर जोखिममा परेको छ । खोलाको पानी जुनसुकै बेला गाउँ पस्नसक्ने जोखिम रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिP । उक्त खोलाको पानीले धन्कौलबाट रौतहटको धरमपुर जोड्ने बाटो अवरुद्ध भएको छ ।

यस्तै बरहथवा नगरपालिकामा सोती खोला र टिकुलिया खोलाको पानीले वडा नम्बर ७ र १६ का बस्तीमा जोखिम निम्त्याएको छ । यसैबीच जिल्लाको कौडेना गाउँपालिका–७, शिवनगर, वडा नं ३ कौडेना, वडा नं-५, पर्सा र छप्कैया, वडा नं-६, सक्रौलमा लखन्देही खोलाको बाढी पसेर ठूलो क्षति पु¥याएको छ । खोलेले बाँध कटान गर्दा शिवनगर गाउँमा पानी पसेको छ ।

उक्त स्थानबाट प्रहरीले १७ जना स्थानीयलाई उद्धारसमेत गरेको छ । वर्षाले घरको पर्खाल भत्किँदा कविलासी नगरपालिका-२, पिपरियामा अन्दाजी ९ वर्षकी शिवानी सिंहको खुट्टाको हड्डी भाँच्चिएको छ । कविलासी-८, अघर्वा र वडा नं-४, हेमपुरमा पनि पानीको निकास नहुँदा घरहरुमा पानी पसेको हो ।

गोडैता-८, प्रहरी चौकी गोडैता र चन्द्रनगर-५, स्थित प्रहरी चौकी मोहनपुरको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै ब्रह्मपुरी-४ स्थित झिम खोलामा आएको बाढीलाई ड्याम निर्माण गरेर रोकथाम गरिएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार  ९ : ०८ बजे

जुम्लाको तिला गाउँपालिका कुडारीमा आगलागी हुँदा एक जनाको मृत्यु

जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा

परराष्ट्रमन्त्री खनाललाई चिनियाँ समकक्षीले दिए बधाई

काठमाडौं । चीनका परराष्ट्रमन्त्री वाङ यीले नेपालका नवनियुक्त परराष्ट्रमन्त्री शिशिर

ओली र लेखकको गिरफ्तारी गैरकानुनी रहेको एमालेको ठहर

काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले नेकपा एमालेले अध्यक्ष केपी

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी