११ माघ २०८२, आइतबार | January 25, 2026

सरायको रौनकसँगै दसैँ मेलामा काठेपिङ चढ्नेको घुइँचो


२१ आश्विन २०८२, मंगलबार  

52
Shares

तम्घास । यहाँको कोतघरमा सरायको रौनकसँगै काठेपिङमा रमाउने सर्वसाधारणको घुइँचो लागेको छ । दसैँपछि कोतघरमा लाग्ने मेलामा विगतमा झैँ काठेपिङ राखिएका छन् । कात्तिक शुक्लपक्षमा भुइँ छोड्नुपर्छ भन्ने मान्यता गाउँघरमा छ । त्यही मान्यताले पनि यहाँ काठेपिङ खेल्नेको भीड लागेको हो ।
विशेषगरी घुम्ने लकडी राखिएको हुनाले कतिपयले यसलाई लकडी पिङ पनि भन्ने गर्छन् । तर गाउँघरमा प्रायः चर्खेपिङ वा काठेपिङले परिचित छ । मालिका गाउँपालिका–५ छापकी मनिषा महतराले भनिन, “दसैँमा एकपटक भुइँ छाड्नुपर्छ भन्छन्, त्यसैले म पनि पिङ खेल्नकै लागि यहाँ आएको हुँ । यो हाम्रो परम्परा हो ।” काठेपिङमा एकपटकमा १२ जनासम्म चढ्न मिल्छ ।
दसैँमा काठेपिङ केबल मनोरञ्जन मात्र नभई आम्दानीको स्रोत पनि बनेको छ । पिङ सञ्चालकले आम्दानी लिँदै आएका छन् । मालिका गाउँपालिका–७ घमिरका हिराबहादुर कार्कीले यो वर्ष बुल्म, अर्खबाङ्ग, अर्जैलगायत स्थानमा पिङ सञ्चालन भएका छन् । उनले प्रतिव्यक्ति ५० रुपैयाँका दरले शुल्क लिए। सोमबार मात्रै अर्जैमा ५०० बढीले पिङ चढे । सबै खर्च कटाउँदा एक सिजनमा दुई वटा पिङबाट तीन लाखसम्म आम्दानी गरेको उनले बताए । वडाध्यक्षसमेत रहेका कार्कीले व्यावसायिक रुपमै पिङ सञ्चालन गर्दै आएका छन् । अर्जैको सरायमा मात्रै नौ वटा पिङ राखिएका छन् ।
यसक्षेत्रमा दसैँको एकादशीदेखि कोजाग्रत पूर्णिमा अर्थात् पाँच दिनसम्म विभिन्न स्थानमा मेलाकै रुपमा सराय नाच नाचिन्छ । सोही मेलालाई लक्षित गर्दै काठेपिङ सञ्चालन गरिएका हुन् । मालिका गाउँपालिका–६ का पूर्ववडाध्यक्ष शोभाखर गिरीले काठेपिङले गाउँको संस्कृति संरक्षणका साथै गाउँमा आन्तरिक पर्यटकसमेत प्रवर्द्धन भएको बताए ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  २ : ४१ बजे

नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज

लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान सम्पन्न, २८६ मत खस्यो

बुटवल । लुम्बिनी प्रदेशको तर्फबाट हुने राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदान

मुलुकभित्रका बेथिति आपसी समन्वयमार्फत अन्त्य गर्दै जानुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकभित्र रहेका बेथिति, विसङ्गति, भ्रष्टाचारलाई

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना

जीप दुर्घटनामा एकको मृत्यु, एक जना घाइते

दमौली । तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक