६ माघ २०८२, मंगलबार | January 20, 2026

दलका भातृ संगठन खारेज गर्न सुमनाको माग



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर स्वतन्त्र बसेकी पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले दलका भातृ संगठन खारेज गर्न माग गरेकी छन् । सामाजिक सञ्जाल मार्फत उनले दलिय भातृ संगठन खारेजको माग गरेकी हुन् ।

उनले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा बिद्यार्थी संगठनहरुले मतलव नगरेको पनि बताएकी छन् । युमनाले युनिफर्ममा रहेका बिद्यार्थीलाई गोली हान्दा मतलव नगर्ने बिद्यार्थी संगठनले गोली चलाउन आदेश दिने दलको प्रमुख माथि उजुरी गरे लगत्तै जाई लागेको समेत बताउकी छन् ।

‘यूनिफार्ममा भएको विधार्थीलाई गोली हान्यो- मतलब छैन विधार्थी संगठनलाई ! तर- गोली चलाऊन आदेश दिने दलको प्रमुख माथी उजूरी गर्यो तुरन्त जाई लाग्यो !, उनले लेखेकी छन्, ‘यसैले दलिय भ्राति संगठन- चाहे त्यो विद्यार्थीको होस वा प्रसाशनको वा प्राध्यापकको वा शिक्षकको- खारेज गर्नू पर्छ !’

उनले सम्मानित पेशालाई सम्मानित रहन देन र विद्यार्थीलाई विद्यार्थी रहन दिन पनि आग्रह गरेकी छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलबार  ९ : ०५ बजे

भरतपुर महानगर प्रमुख रेणु दाहालले दिइन पदबाट राजीनामा

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले पदबाट राजीनामा दिएकी

प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस सभापति गगन थापाले फेरे निर्वाचन क्षेत्र, सर्लाही-४ बाट उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो निर्वाचन क्षेत्र

ओखलढुंगामा रामहरि खतिवडाको टिकट खोसियो, कांग्रेसको नयाँ उम्मेदवार कुमार लुईंटेल

काठमाडौं । नेपाली कांग्रेसले ओखलढुंगामा प्रतिनिधिसभा सदस्यका लागि तय गरिएको

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

काठमाडौं । शिक्षामन्त्री महावीर पुनले पदबाट राजीनामा दिएका छन् ।