२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

व्यावसायिक मौरीपालनमा किसान आकर्षित



भोजपुर । यहाँका किसान पछिल्लो समय व्यावसायिक मौरीपालनतर्फ आकर्षित भइरहेका छन् । एकपटक लगानी गरेर सामान्य हेरचाह मात्र गरे पुग्ने, लागत कम लाग्ने र बजारमा सजिलै माग हुने भएकाले मौरीपालन किसानको रोजाइको पेसा बन्दै गएको हो ।

परम्परागत खेतीसँगै नयाँ सम्भावना खोजिरहेका किसानले अहिले मौरीपालनलाई आयआर्जनको प्रमुख साधन बनाउन थालेका छन् । टेम्केमैयुङ, पौवादुङमा, रामप्रप्रसादराई गाउँपालिकासँगै प्रायः यहाँ सबै स्थानीयतहका किसानहरुले मौरीपालन गर्दै आएका छन् ।

रामप्रसादराई गाउँपालिका-६ वैकुण्ठेमा मौरीपालनको विशेष सम्भावना देखिन्छ । यहाँका अधिकांश किसान अहिले व्यावसायिक मौरीपालनमा संलग्न छन् । नजिकै प्रशस्त वनजङ्गल, फूल फुल्ने वातावरण र मौरीको लागि उपयुक्त मौसम भएकाले बाक्चाखा, भामला, छापगाउँलगायत स्थानीय व्यवसायिक मौरीपालनमा लागेका छन् ।

स्थानीय सरकारको पहलले मौरीपालन अझै सहज बनेको छ । रामप्रसादराई गाउँपालिका-६ का अध्यक्ष एकराज आचार्यका अनुसार किसानलाई आधुनिक मौरीपालनमा प्रोत्साहित गर्न दुई चरणमा तालिम दिइएको छ । तालिममा सहभागीले आधुनिक मौरीघार बनाउने, मौरीको हेरचाह गर्ने, रोग व्यवस्थापन र मह संकलन गर्ने प्रविधि सिकेका छन् ।

“विगतमा किसानले आ-आफ्नै तरिकाले मुढेघारमा मौरी पाल्दै आएका थिए”, वडाध्यक्ष आचार्यले भने, “अहिले हामीले उनीहरूलाई प्रविधिमैत्री मौरीपालनमा लैजाँदै छौँ । यसले किसानको आम्दानी बढाउन मद्दत गर्नेछ ।”

स्थानीय किसान शरणकुमार वोहोरा व्यावसायिक मौरीपालनमा जुटेका उदाहरणीय पात्र हुन । उनले तालिम लिएपछि आधुनिक घार निर्माण सुरु गरेका छन । अहिले उनीसँग ३५ वटा मौरीघार छन् । “पहिले मुढेघारमै मौरी पाल्थेँ, उत्पादन पनि कम हुन्थ्यो, अहिले आधुनिक घारमा मौरी राख्दा उत्पादन बढी छ । मौरीले मेरो आयआर्जनमा परिवर्तन ल्याएको छ”, उनले भने ।

गाउँपालिका अध्यक्ष थामबहादुर राईका अनुसार मौरीपालनलाई प्रोत्साहित गर्न नीति तथा कार्यक्रममा प्राथमिकतासहित समावेश गरिएको छ । “मौरीपालनसहित कृषि व्यवसायलाई आत्मनिर्भर र व्यावसायिक बनाउन योजनाबद्ध रूपमा काम भइरहेको छ”। अध्यक्ष राइले भने, “किसानलाई आवश्यक प्राविधिक ज्ञान र उपकरण उपलब्ध गराइएका छौँ । यसले गाउँमा रोजगारी सिर्जना गर्नुका साथै गाउँको अर्थतन्त्रलाई सबल बनाउनेछ ।”

वैदेशिक रोजगारीमा जाने विकल्पभन्दा गाउँमै बस्ने वातावरण मौरीपालनले बनाएको किसानहरू बताउँछन् । बजार विस्तार, गुणस्तरीय प्याकेजिङ र ब्राण्डिङ गर्न सके भोजपुरमा उत्पादित मह देशभरि मात्र नभई विदेशमा पनि पु¥याउन सकिने सम्भावना रहेको मौरीपालक किसानको भनाइ छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार  ८ : १७ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल