९ चैत्र २०८२, सोमबार | March 23, 2026

शवदाह भवनसहितका आयोजना भरतपुर महानगरलाई हस्तान्तरण



चितवन । सघन शहरी तथा भवन निर्माण आयोजनाले भरतपुर महानगरपालिका–१ देवघाटमा निर्माणसम्पन्न विद्युतीय शवदाह गृहसहितका विभिन्न शहरी पूर्वाधार विकास आयोजना आज महानगरपालिकालाई हस्तान्तरण गरेको छ ।

देवघाटमा आयोजित कार्यक्रममा आयोजनाले विद्युतीय शवदाह भवन, मलामी प्रतीक्षालय, बसपार्क, टर्मिनल भवन तथा फुटपाथ निर्माण कार्यसहितका पूर्वाधार औपचारिक रूपमा महानगरको जिम्मा लगाइएको हो ।

आयोजनाका प्रमुख झपटबहादुर थापाका अनुसार शवदाह गृह तथा मलामी प्रतीक्षालय विसं २०७५ माघ ३ गते सम्झौता भई विसं २०८२ साउन ३० गते सम्पन्न भएको हो । सम्झौता रकम रु १० करोड ३६ लाख ५७ हजार ८११ रहेकामा निर्माणसम्पन्न गर्न कुल रु १२ करोड ६४ लाख ८९ हजार ७८४ खर्च भएको उनले जानकारी दिए ।

शवदाह भवनमा भुइँतलामा मलामी प्रतीक्षालय र पहिलो तलामा दुई शवदाह (सेमाटोरियम) मेसिन, अफिस, प्रतीक्षालय र ‘मच्र्युरी’ कक्ष रहेका छन् । विद्युतीय शवदाह मेसिनले अधिकतम ९० मिनेटमा एक शव जलाउन सक्ने क्षमता राख्छ । साथै, चारवटा शव एकसाथ राख्न मिल्ने गरी ‘फ्रिज’ प्रणाली, जेनेरेटर, चिम्नीलगायतका आवश्यक उपकरण पनि जडान गरिएका छन् ।

बर्सातको समयमा पानीको सतह बढ्ने भएकाले उपकरण माथिल्लो तलामा स्थापना गरिएको छ । भवनमा शौचालय, स्नानघर तथा अन्य आवश्यक सुविधा पनि उपलब्ध छन् । आवश्यक परे भुइँतलामा क्रियापुत्री बस्ने व्यवस्था गर्न सकिने थापाले बताए ।

आयोजनाअन्तर्गत देवघाट क्षेत्रमा बसपार्क, टर्मिनल भवन, फुटपाथलगायतका संरचना देवघाटसँगै महानगरका विभिन्न स्थानमा निर्माण गरिएको छ । यी सबै परियोजनाको लागत करिब रु ३३ करोड ८० लाख ७५ हजार ४८७ रहेको आयोजनाले जनाएको छ । थापाका अनुसार शवदाह गृह सञ्चालन तथा मर्मत–सम्भारका लागि आयोजना पक्षले एक वर्षसम्म सहयोग र निगरानी गर्नेछ । साथै, महानगरले पठाउने जनशक्तिलाई आवश्यक तालिम प्रदान गरिनेछ ।

कार्यक्रममा महानगरपालिकाका उप–प्रमुख चित्रसेन अधिकारीले महानगरले शवदाह गृहको सञ्चालन र व्यवस्थापन जिम्मेवारीका साथ गर्ने प्रतिबद्धता जनाए । महानगर प्रमुख रेनु दाहालले भरतपुरमा पछिल्ला वर्षमा धेरै विकास आयोजना सम्पन्न भएको जनाउँदै नमूना शहरको अवधारणाअनुरूप समग्र विकास कार्य अघि बढिरहेको धारणा व्यक्त गरिन् । उनले विकास निर्माणका क्रममा देखिएका विभिन्न प्रशासनिक र प्राविधिक चुनौतीका बाबजुद महानगरले परिणाममुखी काम गरेको उल्लेख गरिन् ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  १ : १३ बजे

समुदायको विकासमा साझेदारी गर्दै सामुदायिक वन

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ मदुईस्थित अशोक सामुदायिक वन

पोखरामा आन्तरिक पर्यटकलाई आकर्षित गर्न ‘जाउँ है पोखरा’ अभियान

पोखरा । आन्तरिक पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्यले पूर्वी नेपालको प्रमुख

आज विश्व जल तथा मौसम दिवस मनाइँदै

काठमाडौं । ‘आजको अवलोकन, भोलिको सुरक्षा’ भन्ने नाराका साथ नेपालमा

नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने

काठमाडौं । विश्वमा छरिएर रहेका नेपाली मूलका नागरिक एवं गैर

सूर्यविनायक-धुलिखेल सडक विस्तार : तीनवर्षमा ६७ प्रतिशत भौतिक प्रगति

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म छ लेनमा