९ चैत्र २०८२, सोमबार | March 23, 2026

जेनजी प्रदर्शनमा बल प्रयोगको आदेश नदिएको पूर्वगृहमन्त्री लेखकको प्रष्टीकरण



काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले गृहमन्त्रीको हैसियतले भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा बल प्रयोगको आदेश नदिएको बताएका छन् ।

शुक्रबार नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुरा गर्दै लेखकले प्रदर्शनमा गृहमन्त्रीको हैसियतले आफूले बल प्रयोग गर्न आदेश नदिएको बताएका हुन् ।

लेखकले भने, “बल प्रयोग गर्ने विषयमा गृहमन्त्री र प्रधानमन्त्रीले निर्देशन गरेको भन्ने सवाल उठेका छन् । प्रधानमन्त्रीज्यू वा मेरो तर्फबाट कुनै किसिमको बल प्रयोगको आदेश दिइएको थिएन। धेरै मानिसहरूले ज्यान गुमाए, मलाई गहिरो पीडा भयो ।”

लेखकले आन्दोलनका क्रममा धेरै मानिसको मृत्यु हुनु, सरकारी तथा व्यक्तिगत सम्पत्तिमा आगजनी हुनुजस्ता घटनाप्रति गहिरो दुःख प्रकट गर्दै तत्काल गृहमन्त्रीको पदबाट राजीनामा दिएको बताए। उनले जेनजीका माग सकारात्मक भए पनि प्रदर्शनमा घुसपैठ भएको दाबी गरे ।

लेखकले कानुनी शासनको मान्यताभित्र बसेर काम गर्न सरकार र जाँचबुझ आयोगलाई आग्रह पनि गरे । आग्रह, पूर्वाग्रह र प्रतिशोधबाट माथि उठेर काम अघि बढाउनुपर्ने उनेको भनाइ थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार  ४ : १० बजे

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५

सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार

काठमाडौं । सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६

बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । बझाङ जिल्लाको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको

राष्ट्रिय दिवसको अवसरमा पाकिस्तानी दूतावासमा झण्डोत्तोलन

काठमाडौं। पाकिस्तानको ८६औँ राष्ट्रिय दिवस (पाकिस्तान डे)का अवसरमा काठमाडौंस्थित पाकिस्तानी