काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र जेनजीबीच तय गरिएको छलफल भोलि सोमबारसम्म लागि स्थगित भएको छ ।
राष्ट्रपति पौडेलको स्वास्थ्यमा केही समस्या आएपछि सोमबार बस्ने गरी बैठक सारिएको राष्ट्रपति कार्यालयले जनाएको छ । आजको छलफलका लागि भन्दै जेनजीका केही प्रतिनिधिहरु शीतलनिवास पुगेका थिए ।
बैठक स्थगित हुने अर्को कारण जेनजी पक्षमै प्रतिनिधि चयनको विवाद पनि भएको बताइएको छ । केही जेनजी प्रतिनिधिहरू शीतलनिवास प्रवेश गर्न नपाएर नाराबाजीसमेत गरेका छन् ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री सुशीला कार्कीसँग भने अनौपचारिक छलफल गरेका छन् ।


















प्रतिक्रिया