१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

विभागबाट मिडिया दर्ता यथाशीघ्र सुरु हुन्छ : मन्त्री खरेल



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सूचना तथा प्रसारण विभागबाट अनलाइन मिडियाको दर्ता र नवीकरण यथाशीघ्र सुरु गर्न प्रयास भइरहेको बताएका छन् ।

उक्त विभागको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रममा उनले अनलाइन मिडियाको दर्ता र नवीकरणका सन्दर्भमा धेरै सञ्चारकर्मीले झण्झट बेहोर्नु परेकाले त्यसका लागि सहजीकरण गरी सेवा सुविधा उपलब्ध गराउन विभागलाई निर्देशन दिए । सञ्चार मन्त्री खरेलले भने, “यो दर्ता प्रक्रिया सम्भवत तिहार अगाडि नै अघि बढ्छ । त्यसका लागि विभाग सम्पूर्ण तयारी अवस्थामा छ । दर्ता र नवीकरण गर्न अहिले धेरै साथीहरुले झण्झट बेहोर्नुभएको छ । छिट्टै विभागले सहजीकरण र सेवा सुविधा उपलब्ध गराउने छ ।”

आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै मनसुनसम्बन्धी विपद् र दसैँ परेकाले प्रक्रियागतरुपमा मिलाउन पर्ने भएकाले केही समय लागेको जनाउँदै मन्त्री खरेलले आगामी मन्त्रिपरिषद्बाट निर्णयभएपछि राजपत्रमा प्रकाशित हुनासाथ दर्ता र नवीकरण प्रक्रिया अघि बढने विश्वास दिलाए ।

अरु सरकारी निकाय जस्तो ढिलासुस्तीको अनुभूति सूचना प्रविधि विभागसँग नरहेको जनाउँदै उनले जनता र पत्रकारसँग प्रत्यक्ष जोडिएको कार्यालय भएकाले सबै सेवाग्राहीलाई विधि र प्रक्रियाको सहजीकरणमा आवश्यक सहयोग हुँदैआएको बताए ।

मन्त्री खरेलले भने, “तपाईंहरुले गर्ने सेवा, सुविधा र व्यवहारले पत्रकार र जनतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दो रहेछ । सीमित स्रोत, साधन र जनशक्तिकाबीचमा पनि राम्रो सेवा प्रवाह भएको छ । अनलाइन नवीकरण यहीँबाट होस् भन्ने चाहना राखेर मन्त्रिपरिषद्बाट निर्णय भएको छ ।”

उनले वर्तमान सरकारलाई प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउने तथा सुशासनको अनुभूत हुने गरी काम अघि बढाउनुपर्ने दायित्व रहेको उल्लेख गरे । सरकारले जेनजी आन्दोलनका क्रममा भएको जनधनको क्षतिको अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाउने र मन्त्रालय मातहतका निकायमा परिणाम आउने काम अघि बढाइ आगामी दिनमा सेवा प्रवाहलाई छिटो र सरल तुल्याउने आधारशिला स्थापित गर्न हरसम्भव प्रयत्न हुने दृढता व्यक्त गरे ।

मन्त्रालयका सचिव राधिका अर्यालले अनलाइन मिडिया दर्ता र नवीकरण तथा पत्रकारका अन्य माग मुद्दालाई सम्बोधन गर्न मन्त्रालय सकारात्मक रहेको बताइन् ।

विभागका महानिर्देशक उदयबहादुर रानामगरले विभागले सञ्चारकर्मीको हकहित र सहजीकरणका लागि काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ३ : २६ बजे

बुटवलमा ‘डी-म्याक्स डिजिटल बी-टु-सी समिट’ सुरु, प्रविधि प्रदर्शनीमा बढ्दो आकर्षण

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा ‘डी-म्याक्स

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले गौरीबहादुर कार्की नेतृत्वको जेनजी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगले

निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटारबाट निवास फिर्ता

काठमाडौँ । निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ